कैलाली- नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पहिलो पटक हुन गइरहेको प्रदेश अधिवेशनमा सुदूरपश्चिममा ५७ पदका लागि १ सय ८८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृत वीरबहादुर जेठाराले दिएको जानकारी अनुसार शुक्रबार साँझ सम्ममा ५७ पदका लागि १८८ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। निर्वाचन समितिले उम्मेदवारको मनोनयन पत्र दर्ता दिउँसो २ बजे देखि ४ बजेसम्म समय तोकेको भए पनि साँझ ६ बजेसम्म उम्मेदवारी दर्ता गरिएको थियो।
एक सभापति पदका लागि दुई जना, दुई उपसभापति पदका लागि ७ जना, दुई महामन्त्री पदका लागि ४ जना, सहमहामन्त्री २ खुलामा ७ जना र १ महिला सहमहामन्त्रीमा ४ जानाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत जेठाराले जानकारी दिए।
त्यस्तै सदस्यहरुमा सबैभन्दा धेरै आकांक्षी देखिएका छन्। निर्वाचन अधिकृत जेठाराका अनुसार प्रदेश सदस्य (भूगोल जिल्ला) जिल्लाबाट ९ खुला र ९ महिला, खस आर्य खुला ६ पुरुष र ६ महिला, आदीबासी जनजातीबाट १, मधेसीबाट १ जना, दलित पुरुष २ र महिला १, थारु पुरुष २ र महिला १, मुस्लीम १ र अल्पसंख्यक वा अपाङ्गता कोटाबाट १ जना चाहिने भएका हुन्।
मतदान शनिबार बिहान ९ बजेदेखि साझ ५ बजेसम्म हुने निर्वाचन समितिले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।