काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशनमा दुवैको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएका विक्रम पाण्डे राजेन्द्र लिङ्देनसँगै जुलुसमा देखिएका छन्।
शुक्रबार राप्रपाको भाबी अध्यक्षका लागि कमल थापा र राजेन्द्र लिङ्देनले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरु दुवैले बुझाएको सूचीमा पाण्डे साझा उम्मेदवार छन्।
लिङ्देनको प्यानलबाट उठ्ने तयारी गरेका पाण्डेले थापाकै प्यानलबाट उम्मेदवारी दिएका थिए। तर, पुन : आफूहरुसँगै सहभागी भएर भोट मागेको लिङ्देनपक्षको दाबी छ।
राप्रपाको भाबी नेतृत्व चयनका लागि शनिबार मतदानमा हुँदैछ। कुल ४३ सय ८० महाधिवेशन प्रतिनिधिले उक्त महाधिवेशनमा सहभागिता जनाउँदै छन्।
६/६ उपाध्यक्ष र महामन्त्रीमा तीन जना निर्वाचित भएर आउने विधानको व्यवस्था अनुसार दुवैले साझा उम्मेदवारको रुपमा पाण्डेलाई अघि सारेका थिए ।
महिला महामन्त्रीमा रेखा थापा र कुन्ती शाहीको भिडन्त हुँदैछ भने अन्य पदमा फरक फरक उम्मेदवार खडा भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।