काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले न्यायक्षेत्रमा चलिरहेको आन्दोलनबारे टिप्पणी गर्दै पाँचदलीय गठबन्धनले पैंचो तिर्ने बेला आएको बताएका छन्। उक्त आन्दोलनले कानुनी राज कसरी चलिरहेको समेत देखाउने उनको भनाइ छ।
गलत फैसला गराउने र गलत ढंगले हुर्मत लिने काम भएकाले यस्तो अवस्था आएको उनले उल्लेख गरे। उनले भने, 'अब पाँचदलीय गठबन्धनले पैंचो तिर्ने बेला आएको छ। कानुनी राज के भएको रहेछ भन्ने यसले देखाएको छ। गठबन्धनका कारण एकातिर होइन, चौतर्फी समस्या सिर्जना भएको उनको भनाइ छ।
न्याय क्षेत्रका समस्या निरुपणको गलत उपचार खोजिएको उनको बुझाइ छ। 'न्यायालयको समस्या समाधान गर्न यो गलत प्रेस्क्रिप्सन हो,' उनले भने, 'देशको समय मात्रै बर्बाद भइरहेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।