काठमाडौं– भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले अफ्रिका भ्रमणबारे छिट्टै टुङ्गो लाग्ने बताएका छन्।
न्यूजिल्याण्डविरुद्धको दोस्रो तथा अन्तिम टेस्ट खेलअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो कुरा बताएका हुन्। मुम्बई टेस्ट ७ डिसेम्बरमा सकिनेछ। त्यसपछि भारतीय क्रिकेट टोली १७ डिसेम्बरबाट दक्षिण अफ्रिकामा सुरु हुने सिरिजका लागि प्रस्थान गर्ने कार्यक्रम तय छ।
तर, दक्षिण अफ्रिकामा कोभिड १९ को नयाँ भेरियन्ट ओमिक्रोनका कारण स्थिति जटिल बन्दै गएको छ। विशेषगरी गौतेङ प्रान्तमा पोजिटिभ केसको दर तीव्र गतिमा बढिरहेको छ र संङ्क्रमितहरु अस्पतालमा भर्ना भइरहेका छन्। भारतीय टोलीले यस प्रान्तमा आफ्नो पहिलो दुई टेस्ट खेल खेल्नुपर्नेछ।
दक्षिण अफ्रिकामा एकदिवसीय सिरिज खेलिरहेको नेदरल्याण्ड्सले यात्रा प्रतिबन्धलाई ध्यानमा राख्दै आफ्नो टोली फिर्ता गरेको छ। यी सबै घटनाक्रमको बीचमा भारत ए टोलीले भने दक्षिण अफ्रिकामा छ। जसका कारण भारतीय टोलीले दक्षिण अफ्रिकाको भ्रमण गर्ने आशा गरिएको छ। ‘हेर्नुहोस्, यो धेरै स्वाभाविक छ, हामी सामान्य अवस्थामा खेलिरहेका छैनौं। त्यहाँ धेरै योजना र तयारी गरिरहेका छौं,’ कोहलीले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।