काठमाडौं–प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई राष्ट्रिय चुनावमूखी बनाउन नेता कार्यकर्तालाई निर्देशन दिएका छन्।
प्रदेश १ को अधिवेशन भर्चुअल माध्यमबाट उद्धघाटन गर्ने क्रममा देउवाले पार्टीको आन्तरिक चुनावमा जीत हार स्वभाविक लिँदै राष्ट्रिय चुनाव जित्नका लागि एक ढिक्का हुन निर्देशन दिए।
‘१४ औं महाधिवेशनबाट पार्टीलाई बलियो बनाएर तिनै तहका निर्वाचनमा कांग्रेसलाई विजयी बनाउनुपर्ने दायित्व तपाई हामी सबैको काँधमा आएको छ।’ देउवाले भने,‘केही समय भित्रै हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं। एक वर्ष भित्रै प्रदेश र संघको निर्वाचनमा जानेछौं। १४ औं महाधिवेशनमा हाम्रो ध्यान चुनाव केन्द्रीत हुनुपर्नेछ।’
संघीय व्यवस्था निर्माणको अगुवाई कांग्रेसबाट भएको उल्लेख गर्दै देउवाले विकासको नेतृत्व पनि आफ्नो दल मात्रै गर्नै सक्ने दाबी गरे। कांग्रेसले मात्रै गर्न सक्छ।
संविधान जारी भएपछि पहिलोपटक प्रदेश अधिवेशन कांग्रेसले गर्दैछ। ६ वटा प्रदेशको उद्धघाटन बिहीबार गरिएको थियो। उम्मेदवारको मनोनयन आज र मतदान भोलि हुने गरि अधिवेशनको कार्यतालिका बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।