काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आज(शुक्रबार) पद बहाली गर्ने भएका छन्।
अध्यक्ष ओलीले दिउँसो १ बजे पार्टी कार्यालयमा पद बहाली गर्ने केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन्।
ओली हालै चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन्। अध्यक्षका उम्मेदवार भीम रावललाई पराजित गरी उनी अध्यक्षमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।