काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशमा भावी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन प्यानलबीच प्रतिस्पर्धा हुने भएको छ।
थापा र लिङ्देनले प्यानल बनाएर टक्कर दिने भएका हुन्। लिङ्देनको प्यानलबाट उपाध्यक्षमा दिलविकास राजभण्डारी, रामचन्द्र राय र लिला श्रेष्ठले उम्मेदवारी दिने भएका छन्।
त्यस्तै, महामन्त्रीमा डा धवलशमशेर राणा, रामचन्द्र तिमल्सिना र रेखा थापाले उम्मेदवारी दिने भएका छन्।
यता, थापाले आफ्नो प्यानलमा वरिष्ठ उपाध्यक्षमा ध्रुवबहादुर प्रधान , बुद्धिमान तामाङ र रोशन कार्की उठ्दैछन्। यता, महामन्त्रीमा भुवन पाठक, भाष्कर भद्रा र कुन्ती शाहीको उठ्ने भएका छन्।
महिला महामन्त्रीमा नायिका थापा र शाहीबीच प्रतिस्पर्धा हुने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।