काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) महाधिवेशनमा प्रतिनिधित्व गर्ने मतदाताको टुंगो लागेको छ।
विवादित पाँच जिल्लाको नामावली अध्यक्ष कमल थापापक्षले केरमेट गरेको आरोप राजेन्द्र लिङदेनपक्षले लगाएपछि मतदाताको सूची प्रकाशन हुन सकेकाे थिएन।
तर, दुवै पक्षकाे छलफलपछि विवाद समाधान गरेर सूची प्रकाशन गरिएकाे निर्वाचन कमिटिले जनाएकाे छ।
कमिटिले बिहीबार अबेर ४ हजार ४ सय ७१ जनाको मतदाता नामावली प्रकाशित गरेको हो।
दाबी विरोधका लागि शुक्रबार बिहान ११ बजेसम्म समय छुट्याइएको छ। दाबी विरोध सकिएपछि मतदाता नामावलीको अन्तिम प्रकाशन गरिने कमिटिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।