• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चमा कामु प्रधानन्यायाधीश विवादः ‘स्वतः सिर्जना हुने’ पदका लागि सधैं हानथाप!

64x64
दुर्गा दुलाल शुक्रबार, मंसिर १७, २०७८  ०८:३५
1140x725

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोरोना संक्रमणपछि सोमबार (मंसिर १३ गते) अस्पताल भर्ना भए। बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल भर्ना भएका राणाले मंसिर १४ गते (मंगलबार)को पेसी भने अस्पतालबाटै तोके। 

सर्वोच्चका धेरै न्यायाधीशले राणा अस्पताल भर्ना भएको बारे सोमबार साँझ नै खबर पाएका थिए। तर, सर्वोच्च प्रशासनले कुनै जानकारी दिएको थिएन। मंगलबार बिहान इजलास गठन गरी पेसी तोकिएको पाइएपछि केही न्यायाधीशहरुले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरसँग इजलास गठन र पेसी कसले तोकेको हो भनेर बुझे। कुँवरले प्रधानन्यायाधीश (राणा)बाटै पेसी तोकिएको जानकारी दिए। 

दोस्रो दिन (मंसिर १५ गते)देखि गोलाप्रथा प्रणाली लागू हुने र गोला तानेर मुद्दा हेर्न पाइने भएका कारण राणाले अस्पतालबाट पेसी तोकेको बारे सर्वोच्चका न्यायाधीशले खासै विरोध जनाएनन्।  

१५ गते न्यायाधीशहरुले गोला तानेर पेसी तोके। तर, सुनुवाइ गर्न इजलास जान नपाउँदै नेपाल बार र सर्वोच्च बारका पदाधिकारीहरु सर्वोच्चका न्यायाधीशलाई भेट्न पुगे। बारका पदाधिकारीहरुले सर्वोच्च अदालतमा अहिलेको प्रधानन्यायाधीश को हो? भन्दै प्रश्न उठाए। प्रधानन्यायाधीश राणा अस्पतालमा उपचाररत रहेको, तर कसैलाई कायममुकायम नतोकिएकोप्रति बारका पदाधिकारीले आपत्ति जनाए। 

प्रधानन्यायाधीश नभएको अवस्थामा सर्वोच्चले कसरी मुद्दाको सुनुवाइ अगाडि बढाउन सक्छ? भन्दै बारका प्रतिनिधिहरुले प्रश्न उठाएपछि सर्वोच्चका न्यायाधीशहरु ‘छोटो’ सामूहिक छलफलमा जुटे। न्यायाधीशहरुबीच बुधबारका लागि बन्दी प्रत्यक्षीकरणका मुद्दा मात्रै हेर्ने, अन्य मुद्दा नहेर्ने समझदारी जुट्यो।  

७० वर्षको न्यायिक इतिहासमा सर्वोच्च अदालतमा पहिलोपटक गोला तानेर पेसी तोकिएको दिन (बुधबार) नियमित सुनुवाइ भने अवरुद्ध भयो। 

बिहीबार पनि बारका प्रतिनिधिले सर्वोच्च अदालतका १८ जना न्यायाधीशसँग छलफल गरे। सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीश को हुन् भन्ने निर्क्यौल नभएसम्म कानुन व्यवसायीले मुद्दा नहेर्ने निष्कर्ष बारका पदाधिकारीले सुनाए। त्यसपछि न्यायाधीशहरुले एकपटक प्रधानन्यायाधीश राणासँग छलफल गरेर निष्कर्ष निकाल्ने भन्दै ‘समय’ मागे। 

बारका पदाधिकारीसँगको छलफलपछि न्यायाधीश हरिकृष्ण कार्कीले प्रधानन्यायाधीश राणालाई सम्पर्क गरे। त्यतिबेलासम्म सर्वोच्चमा मुद्दाको पेसी टुंगिएको थिएन। हरेक दिनजसो बिहान १० बजेसम्म पेसीको टुंगो लागिसक्ने सर्वोच्चमा बिहीबार भने १ बजेसम्म पेसी अन्योलमा परेको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

सर्वोच्चका न्यायाधीशहरुले बिहीबार बिहानदेखि नै स्वास्थावस्था बुझ्न प्रधानन्यायाधीश राणालाई फोनमार्फत सम्पर्क गरेका थिए। राणाले सबैलाई आफू शुक्रबार अस्पतालबाट डिस्चार्ज हुने बताए। 

राणाले शुक्रबार डिस्चार्ज हुने बताएपछि सर्वोच्चका न्यायाधीशहरुले बिहीबार कुनै ‘रणनीति’ बनाएनन्। शुक्रबार राणा सर्वोच्चमा हाजिर हुने/नहुने निर्क्यौल भएपछि मात्रै निष्कर्ष निकाल्ने भन्दै बिहीबार चिया समय हुनेबेला गोलाप्रथामार्फत पेसी तोकियो। बिहीबार पनि न्यायाधीशहरुले बन्दीका मुद्दा मात्रै हेरे। 

अस्पताल भर्ना हुँदा पनि बिदामा नबसेका प्रधानन्यायाधीश राणाले अस्पतालबाटै अदालत चलाएको भन्दै चर्किएको ‘कायममुकायमको विवाद’ सर्वोच्चका न्यायाधीशहरुले नै साम्य पारे।    

के छ संविधानमा व्यवस्था? 
नेपालको संविधानको धारा १२९(६)मा कायममुकायम प्रधानन्यायाधीशको बारे उल्लेख छ। धारा १२९ को उपधारा (६)मा ‘प्रधानन्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधानन्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधानन्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम् न्यायाधीशले कायममुकायम प्रधानन्यायाधीश भइ काम गर्नेछ...’ भनिएको छ। 

धारा १२९(६) मा उल्लेखित अबस्था आएमा, कायममुकायम दिने नभइ वरिष्ठतम् न्यायाधीशले स्वतः कायममुकायम प्रधानन्यायाधीश भइ काम गर्नसक्ने कतिपय कानुनविद्‌हरुको भनाइ छ। 

विगतमा पनि भएको थियो कायममुकायम विवाद
सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विवाद नौलो भने होइन। यसअघि पनि सर्वोच्चमा कायममुकायम प्रधानन्यायाधीशको विषयलाई लिएर मतभेद, विवाद र रस्साकस्सी चल्दै आएको थियो।

तत्कालीन प्रधानन्यायाधीश शुसीला कार्कीको समयमा भएको कामु प्रधानन्यायाधीशको विवादलाई सबैभन्दा ‘रोचक विवाद’का रुपमा लिने गरिन्छ। 
नेपाली कांग्रेससहतिको समर्थनमा माओवादी केन्द्‌रको सरकार भएका बेला तत्कालीन प्रधानन्यायाधीश कार्कीविरुद्‌द्‌ध संसद्‌ सचिवालयमा महाअभियोग दर्ता भएको थियो। महाअभियोग दर्ता भएपछि कार्की काम–काज गर्न नपाउने गरी ‘स्वतः निलम्बन’मा परिन्। 

कार्की निलम्वनमा परेकै दिन २०७४ वैशाख १७ गते मध्यरातमा सर्वोच्चका तत्कालीन वरिष्ठतम् न्यायाधीश गोपाल पराजुलीले कामु प्रधानन्यायाधीशको रुपमा पद्‌भार ग्रहण गरे। कामु प्रधानन्यायाधीशकै हकमा पराजुलीले दोस्रो दिनदेखि सर्वोच्चमा मुद्दाको पेसी पनि तोके। 

त्यतिबेला प्रधानन्यायाधीश कार्कीविरुद्‌ध दर्ता भएको महाअभियोग खारेजीको माग गर्दै रिट निवेदन पनि दायर भएको थियो। महाअभियोग विरुद्‌धको रिटको सुनुवाइका लागि पराजुलीले चोलेन्द्र शमशेर राणा (हालका प्रधानन्यायाधीश)को इजलासमा पेसी तोके। 

राणाको २२ वैशाख २०७४ को एकल इजलासले प्रधानन्यायाधीश कार्कीलाई यथास्थितिमा आफ्नो पदमा काम गर्न दिनू भन्दै ‘भावुक आदेश’ जारी गर्‍यो। 

पराजुलीले नै तोकेको पेसीअनुसार राणाको इजलासले जारी गरेको आदेशपछि कार्की प्रधानन्यायाधीशको रुपमा काममा फर्किइन् भने पराजुली पुनः वरिष्ठतम् न्यायाधीशमा ‘सीमित’ रहे। 

कार्की अनिवार्य अवकाशमा गएपछि पराजुली प्रधानन्यायाधीश बने। प्रधानन्यायाधीश बन्दा पराजुली पनि नागरिकतामा जन्ममिति सच्याएको प्रकरणले विवादमा परे। उक्त प्रकरणमा न्याय परिषद्‌ले २१ साउन २०७४ मै ६५ वर्ष उमेर पुगिसकेको भनेर १ चैत २०७४मा   पराजुलीलाई अवकास दियो। 
न्याय परिषद्‌को निर्णयानुसार पराजुली अवकासमा गएपछि तत्कालीन वरिष्ठ न्यायाधीश दीपकराज जोशीले सर्वोच्चको कामु प्रधानन्यायाधीशको रुपमा जिम्मेवारी सम्हालेका थिए।  

सर्वोच्चकै फैसलाः  कामु प्रधानन्यायाधीश स्वतः हुन्छ  
कामु प्रधानन्यायाधीश पदको विषयमा सर्वोच्च अदालतकै एक फैसलामा समेत व्याख्या गरिएको छ। जसमा उक्त पद स्वतः सिर्जना र खारेज हुने भनिएको छ। 

महालेखा परीक्षकको सिफारिस गर्दा संवैधानिक परिषद्‌को बैठकमा प्रधानन्यायाधीश उपस्थित नभएकाले उक्त निर्णय (सिफारिस) बदर गर्नुपर्ने माग गर्दै सुवोध कुमार कर्णले १२ जेठ २०७४ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

तत्कालीन प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश केदारप्रसाद चालिसेको २०७५ भदौ २७ गतेको संयुक्त इजलासले रिट खारेज हुने ठहर गर्दै प्रधानन्यायाधीश नभएको अवस्थामा कामु प्रधानन्यायाधीशले प्रधानन्यायाधीशको अधिकार प्रयोग गर्न पाउने फैसला सुनाएको थियो। 

कर्णले दायर गरेको रिटमा प्रधानन्यायाधीश नगएको, कामु प्रधानन्यायाधीश उपस्थित भएको संवैधानिक परिषद्‌को बैठकले गरेको निर्णय संविधानतः बदरभागी भएको दाबी गरिएको थियो।  

तर, मिश्र र चालिसेको इजलासले गरेको फैसलामा भने कामु प्रधानन्यायाधीशको पदलाई संवैधानिक मान्यता प्राप्त पद भनिएको छ।  

‘...प्रधानन्यायाधीशको अनुपस्थितिमा स्वतः सिर्जना हुने कामु प्रधानन्यायाधीशको पद प्रधानन्यायाधीश उपस्थित भएपछि स्वतः निष्क्रिय हुने र कायम रही नरहने अस्थायी प्रकृतिको हुन्छ। यसप्रकार स्वतः सिर्जना हुने र स्वतः समाप्त हुने कामु प्रधानन्यायाधीशको पद अल्पकालीन प्रकृतिको संवैधानिक मान्यता प्राप्त पद हो। प्रधानन्यायाधीशको अनुपस्थितिमा सिर्जना हुने यो पदलाई संविधानको धारा १२९(६) ले मान्यता र भूमिका प्रदान गरेको देखिन्छ । आवश्यकताको आधारमा स्वतः सिर्जना हुने र स्वतः निष्क्रिय हुने अल्पकालीन प्रकृतिको पद भएकाले यस पदको लागि सपथ लिइ रहनुपर्ने कल्पना स्वयम् संविधान निर्माताले गरेको देखिँदैन।...’ मिश्र र चालिसेको इजलासले गरेको फैसलामा भनिएको छ। 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०८:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाइको तामझाम नगर... मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल पार्टी केन्द्रीय कमिटी बैठकको दोस्रो दिन सम्बोधनको क्रममा पोखरेलले अध्यक्ष र आफूबीच फाटो ल्याउन खोजिएको भन्दै अध्यक्षले पनि आफूलाई ह... मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाह र मलेसियाली समकक्षी इब्राहिमबीच टेलिफोन वार्ता उनले मलेसियाली प्रधानमन्त्री इब्राहिमसँग टेलिफोनमार्फत आज बिहान छलफल गरेका हुन् । मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त मंगलबार, असोज ६, २०८३
बालेनले तोडे प्रधानमन्त्रीको विदेश भ्रमणको परम्परा, विमानस्थलमा औपचारिक विदाइ नहुने मंगलबार, असोज ६, २०८३
ओलीलाई हटाउन खोजेको होइन, पुनर्गठनको सुझाव गलत बुझियो : शंकर पोखरेल मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान मंगलबार, असोज ६, २०८३
दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्