काठमाडौं– नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले नेतृत्व चयन गर्दा होस नपुर्याए पछि गुनासो गर्नुको अर्थ नरहेको बताएका छन्।
बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्न चितवन पुगेका सिंहले नेतृत्व चयन गर्न ध्यान नपुर्याउँदा पार्टी कमजोर भएको बताए।
कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दासमेत जनताले मत नदिनु नेतृत्वकै कारण भएको उनको तर्क छ।
‘संविधान जारी गर्ने कांग्रेस, तर बहुमत कम्युनिस्ट आउनुमा नेतृत्वको कमजोरी भएको हो,’ उनी भन्छन्।
कम्युनिटहरुले प्राप्त उपलब्धीहरु नष्ट गर्न लागि परेको उनकोे आरोप छ। नेता सिंहले अब देशमा आर्थिक क्रान्ति गर्नु पर्ने समय आएको भन्दै त्यसको नेतृत्व पनि कांग्रेसले गर्नुपर्ने विचार राखे।
अबको आर्थिक क्रान्ति जनताको स्वास्थ्य उपचार निशुल्क र गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने उनको जोड थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।