• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसमा नेतृत्व ‘संग्राम’ : को कति बलियो?

64x64
लिलु डुम्रे बिहीबार, मंसिर १६, २०७८  १८:३५
1140x725

काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशन मिति नजिकिँदै गर्दा नेतृत्वमा पुग्न जोडबल गरिरहेका फरक-फरक समूहले आफूहरु बलियो रहेको दाबी गरिरहेका छन्। संस्थापन (सभापति शेरबहादुर देउवा) र संस्थापन इतर (वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरु संलग्न) दुवै पक्ष आसन्न महाधिवेशनबाट पार्टीको बागडोर आफ्नै पोल्टामा आउने बताउँछन्।

आफ्नो पक्षमा नतिजा प्राप्त हुने दाबी गर्ने नेताहरुले जीत निकाल्ने वस्तुपरक जवाफ दिन भने सक्दैनन्। जिल्ला सभापतिमा केही संख्या बढेको आधारलाई नै संस्थापन पक्षले आफू बलियो भएको दाबी गर्ने गरेको छ। अर्कोतिर, सभापति शेरबहादुर देउवाको ६ वर्षसम्मको कार्यकाललाई महाधिवेशन प्रतिनिधिले मूल्यांकन गरेकाले उनी नदोहोरिने विश्लेषण संस्थापन इतर पक्षको छ। संस्थापन इतरको बोली छ- ‘१३औं महाधिवेशनकै समय अहिले छैन। देउवाको कार्यक्षमता कांग्रेस कार्यकर्ताले हेरिसकेका छन्।’

जिल्ला सभापतिको जीतको आधारमा संस्थापन पक्ष केही हौसिएको देखिन्छ भने संस्थापन इतरमा केही ‘निराशा’ छ।

जिल्ला सभापतिमा कमजोर संस्थापनइतर
हालसम्म ६१ वटा जिल्लाका अधिवेशन सकिएका छन्। जसमध्ये ३१ वटा जिल्ला सभापति सभापति देउवापक्षका छन्। २७ जिल्लाका सभापति वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर पक्षका छन्। दुई जिल्लाका सभापति नेता कृष्णप्रसाद सिटौला पक्षले जितेका छन्।

देउवापक्षले ‍उदयपुर, भक्तपुर, लमजुङ, सल्यान, डोल्पा, डडेल्धुरा, म्याग्दी, ताप्लेजुङ, मुगु, पाँचथर, मनाङ, हुम्ला, बझाङ, रामेछाप, जुम्ला, डोटी, रूकुम पश्चिम, ओखलढुंगा, पर्वत, इलाम, सुर्खेत, रूपन्देही, कास्की, काभ्रे, तनहुँ, ललितपुर, कञ्चनपुर, बर्दिया, धनकुटा, सोलुखुम्बु र रसुवाका जिल्ला सभापति जितेका छन्। फरक पक्षबाट जितेको भए पनि जाजरकोट, बैतडी र स्याङ्जाका सभापति आफ्नो पक्षमा खुल्ने यो पक्षको दाबी छ।

त्यस्तै, रामचन्द्र पौडेल पक्षले कपिलवस्तु, प्युठान, अर्घाखाँची, रोल्पा, बैतडी, दोलखा, गोरखा, कालिकोट, संखुवासभा, रूकुमपूर्व, मुस्ताङ, भोजपुर, बाजुरा, तेह्रथुम, नवलपरासी पश्चिम, पाल्पा, स्याङ्जा, खोटाङ, दार्चुला, नुवाकोट, दाङ, दैलेख, गुल्मी, काठमाडौं, धादिङ, सुनसरी र मोरङका जिल्ला सभापति जितेका छन्।

त्यस्तै, सिटौला पक्षले झापा र बागलुङ जिल्ला सभापति जितेका छन्। जाजरकोटका सभापतिले पक्षधरता खुलाएका छैनन्।

संस्थापन र संस्थापन इतर पक्षले यसअघि अर्को पक्षको नेतृत्व रहेको जिल्लामा आफ्नो जित निकालेका छन्। यसअघि संस्थापन इतरको नेतृत्व रहेको ताप्लेजुङ, इलाम, पाँचथर, सोलुखुम्बु, उदयपुर, काभ्रे, लमजुङ, कास्की, तनहुँ, बर्दिया, सुर्खेत, मुगु, सल्यान, डोल्पा र जाजरकोटमा अहिले संस्थापन पक्षले जित निकालेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, यसअघि संस्थापन पक्षले नेतृत्व गरेको संखुवासभा, खोटाङ, भोजपुर, दोलखा, बागलुङ, गोरखा, बैतडी र बाजुरामा अहिले संस्थापन इतर पक्षले जित निकालेको हो।

तथ्यांक हेर्दा यसअघि संस्थापन इतर समूहले जितेका धेरै जिल्लाको नेतृत्व अहिले संस्थापन पक्षले खोसेको देखिन्छ।

१६ वटा जिल्लाहरु सिरहा, सप्तरी, रौतहट, धनुषा, पर्सा, बारा, महोत्तरी, सर्लाही, कैलाली, अछाम, बाँके, चितवन, मकवानपुर, सिन्धुली, पूर्वी नवलपरासी, सिन्धुपाल्चोकमा जिल्ला अधिवेशन भएको छैन। तर, त्यहाँबाट महाधिवेशन प्रतिनिधिहरु, मुख्यगरी संस्थापक्ष पक्षको रहेको बताइन्छ।

देउवा रणनीति
महाधिवेशन प्रतिनिधिमा आफू पक्षीय प्रतिनिधि बहुमत आएको देउवा पक्षको दाबी छ। पार्टीको गुटकै आधारमा प्रतिनिधि चयन भएकाले संस्थापन पक्षको बहुमत चयन भएको उक्त पक्षको दाबी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

सभापति देउवा पुनः दोहोरिने गरी संस्थापन पक्षले तयारी गरेको छ। पार्टीका आफ्नो संयन्त्रबाट प्रतिनिधिलाई आफ्नो पक्षमा पार्न अहिले बालुवाटारको प्रधानमन्त्री देउवाको ‘टिम’ पनि सक्रिय रहेको बताइन्छ। देउवाको सचिवालयमा कार्यरतहरु देउवालाई विजयी बनाउने गरी खटिएका छन्। संस्थापन इतरबाट विजयी भएका प्रतिनिधिहरुलाई आफ्नो पक्षमा ल्याउनका लागि ‘आश्वासन तथा प्रलोभन’ छरेको समेत आरोप लागिरहेको छ। संस्थापनइतरमा देखिएका प्रतिनिधिहरुलाई बालुवाटारबाटै कल समेत जान थालेको छ।

५५ प्रतिशत मत ल्याएर पहिलो चरणबाटै देउवा विजयी हुने संस्थापन पक्षको दाबी छ। पहिलो पटकमा मतपरिणाम आफ्नो पक्षमा पार्न नसके दोस्रो चरणमा अप्ठ्यारो पर्ने देउवा पक्षको बुझाइ छ। दोस्रो चरणमा मतदान हुँदा संस्थापनतइतर एकत्रित भएमा पराजित हुनसक्ने संस्थापन पक्षको विश्लेषण छ। देउवा पक्षको बुझाइमा संस्थापनइतरबाट शीर्ष स्थानको मत डा शेखर कोइरालाले प्राप्त गर्नेछन्। दोस्रो चरणमा पुग्दा शेखरलाई हराउन कठिन पर्ने भएकाले पहिलो पटकमै जित निकाल्नुपर्ने उनीहरुको रणनीति छ।

जित सुनिश्चित गर्न देउवाले अर्को समूहको शीर्ष तहको नेता तान्ने पनि तयारी गरिरहेका छन्। देउवाको प्राथमिक रोजाइमा डा शशांक कोइराला वा प्रकाशमान सिंह छन्। ती दुईमध्ये एक जनालाई आफ्नो समूहमा ल्याएर उपसभापतिमा उठाउने रणनीतिमा देउवा छन्।

संस्थापन इतरको स्वीकारोक्ति
आफ्नो पक्षबाट जिल्ला सभापतिमा जित निकाल्ने अपेक्षा गरेका कैयौं जिल्लामा संस्थापन इतर पक्षले पराजय बेहोर्नुपर्‍यो। लमजुङ, ताप्लेजुङ, कास्की, रामेछाप, इलाम, काभ्रे, सोलुखुम्बु, तनहुँ लगायतका जिल्लाका सभापति आफ्नो पक्षले जित्नेमा संस्थापनइतर ढुक्क थियो। तर, नतिजाले सो पक्षलाई आफूहरु कमजोर भएको भान परेको छ।

सुर्खेत अत्यत्तै कमजोर भएको आत्मानुभूति यो पक्षमा छ। बर्दिया, सिन्धुपाल्चोक, बाँके र काभ्रेलाई पनि कमजोर सूचीमा राखेको छ। लुम्बिनीका अधिकांश जिल्लामा आफ्नो पक्ष बलियो हुने सो पक्षले दाबी गरेको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुबाट समग्रमा ६० प्रतिशतभन्दा बढी प्रतिनिधि आफ्नो पक्षका हुने विश्वासमा संस्थापन पक्ष छ।

लमजुङ, कास्की र तनहुँमा जिल्ला सभापति देउवा पक्षबाट विजयी भए पनि आफ्नो समूहका बढी प्रतिनिधि आउने बुझाइ संस्थापन इतर पक्षको छ। शेखर कोइराला सभापतिमा उठ्दा मनाङबाट केही मत आउनसक्ने तर उक्त समूहका अन्य उम्मेदवारलाई शून्य मत आउने बताइन्छ। मुस्ताङको २५ मत जुन पक्षमा खसे पनि एकै ठाउँमा खस्ने छ। बागलुङमा स्पष्ट रुपमा संस्थापनइतर पक्ष बहुमतमा रहेको दाबी गरिएको छ।

रामेछाप सभापतिमा हारेको भए पनि संस्थानपइतरबाट प्रतिनिधि ५० प्रतिशत आएको बताइन्छ। नुवाकोटमा संस्थापन र डा रामशरण महत पक्षको गठजोड भएकाले तुलनात्मक रुपमा संस्थापनका बढी छानिएको बताइएको छ। ललितपुर, भक्तपुर, मकवानपुरमा संस्थापन पक्ष बलियो छ।

धादिङमा बहुमत र काठमाडौंमा ६० प्रतिशत भन्दा बढी मत आफ्नो पक्षमा पर्ने संस्थापन इतर समूहको दाबी छ। मकवानपुरमा अल्पमत र चितवनमा बहुमत आउने संस्थापन पक्षको दाबी छ।

मोरङ, झापा र सुनसरीका ६० प्रतिशत बढी मत संस्थापन इतरलाई पर्ने विश्वासमा उक्त पक्ष छ। प्रदेश १ मा बहुमत सभापति देउवा पक्षमा देखिए पनि प्रतिनिधि आफ्नो पक्षमा बहुमत आउने उनीहरुको दाबी छ।

सुदूरपश्चिममा संस्थापनइतर कमजोर छ। डडेलधुरा र कैलालीमा साह्रै कमजोर भए पनि विगतभन्दा केही मत थपिने आशामा इतर पक्ष छ। कञ्चनपुर, अछाम, बझाङ, बाजुरामा यसपटक संस्थापनइतरमा बढी मत खस्ने आकलन छ। बैतडीमा जिल्ला सभापति जिते पनि महाधिवेशन प्रतिनिधि भने कम आउने बुझाइ छ। डोटीमा विगतको एक मतबाट केही संख्या बढाइएको दाबी यो पक्षले गरेको छ।

कर्णालीका जिल्लामा समेत १३औं महाधिवेशनको तुलनामा कमजोर रहेको संस्थापनइतर पक्षको स्वीकारोक्ति छ। तथापि, संस्थापन इतरले ‘ग्राउण्डको रियालिटी’ हेरेर सभापतिको उम्मेदवार छानेमा उक्त क्षेत्रबाट बहुमत आउने बुझाइ छ।

प्रदेश २ का आठ जिल्लाबाट प्रतिनिधि चयन भइसकेका छैनन्। प्रदेश २ का आठ जिल्ला सहित अछाम, कैलाली, बाँके, पूर्वी नवलपरासी, सिन्धुली, चितवन, सिन्धुपाल्चोक र मकवानपुरको जिल्ला अधिवेशन महाधिवेशन पश्चात् हुनेछ।

६१ जिल्लामा सम्पन्न अधिवेशनको परिणाम (निर्वाचित जिल्ला सभापतिहरु)

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १८:३५
  • #कांग्रेस_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भोटेकोशी बाढीपीडितलाई राहत : ४ हजारभन्दा बढी परिवारले पाए ४५ हजार बुधबार, असोज २८, २०८३
साउदी अरबका प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
नेपालमा शंकास्पद रुपमा बसेका २४ दक्षिण कोरियाली नागरिक निष्काशित बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्