काठमाडौं- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो। आगामी पुस ११ गतेदेखि १३ गतेसम्म चल्ने राष्ट्रिय सम्मेलनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बसिरहेको जनाइएको छ।
दिउँसो साढे १ बजेदेखि सुरु भएको स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनमा पेश हुने प्रस्तावका विषयमा छलफल गर्ने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।