काठमाडौं–संस्थापनइतर पक्षबाट प्रदेश १ को कांग्रेस सभापतिमा गुरुराज घिमिरे उम्मेदवार बन्ने भएका छन्।
घिमिरे र राजीव कोइराला उक्त पक्षबाट सभापतिका आकांक्षी थिए। नेता डा शेखर कोइराला घिमिरेलाई सभापतिमा उठाउने पक्षमा थिए। नेता महेश आचार्यले भने राजीव कोइरालालाई सभापतिको प्रतिस्पर्धी बनाउन जोड गरेका थिए।
मोरङस्थित आचार्यको घरमा शेखर, डा मिनेन्द्र रिजाल, सुजाता कोइराला लगायतको बैठक बसि घिमिरेलाई अघि सार्ने सहमति भएको हो। सभापतिका अर्का आकांक्षी कोइरालालाई भावी मुख्यमन्त्रीमा अघि सार्ने सहमति समेत नेताहरु वीच बनेको छ।
घिमिरेको प्रतिस्पर्धा उद्धव थापासँग हुने भएको छ। थापा नेता कृष्णप्रसाद सिटौला पक्षका हुन्। संस्थापन पक्षले थापालाई सघाउने संकेत गरेको छ।
प्रदेश १ मा अधिवेशन शुक्रबार उद्धघाटन गरिने भएको छ। शुक्रबार नै मनोनयन हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।