काठमाडौं- सर्वोच्च अदालतमा बिहीबार दिउँसो साढे १ बजेपछि मात्रै पेसी तोकिएको छ।
यसअघि नियमित रुपमा १० बजे पेसी तोकिने गरिएको भएपनि बिहीबार साढे १ बजे पेसी सार्वजनिक भएको हो।
आजका लागि १ एकल र दुई पूर्णसहित सात संयुक्त इजलास तोकिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोरोना संक्रमणपछि अस्पताल भर्ना हुँदा वरिष्ठ न्यायाधीशलाई कायममुकायम नतोकेपछि सर्वोच्चका न्यायाधीशहरु इजलासमा बसेका छैनन्।
यसअघि बुधबारबाट गोलाप्रथामार्फत इजलास तोकिएको भएपनि प्रधानन्यायाधीशले कामु नतोकेपछि न्यायाधीशहरु इजलासमा बसेनन्।
बिहीबार पनि न्यायाधीशहरुले नेपाल बार एसोसिएसनसँग छलफल गरेका छन्। बारले भने तत्काल कामु तोक्न आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।