काठमाडौं– त्रिभुवन विश्वविद्यालयमा विगत १० वर्षदेखि करार सेवामा कार्यरत जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णयको संयुक्त विद्यार्थी संगठनले विरोध जनाएका छन्।
त्रिवि सभाको मंसिर १४ गते सम्पन्न बैठकले करारमा रहेका जनशक्तिलाई स्वतः स्थायी गर्ने निर्णय गरेको थियो।
विश्वविद्यालयबाट दक्ष जनशक्ति उत्पादन भइसकेकाले स्वतः स्थायी गर्नु अनैतिक, अशोभनीय र हास्यास्पद भएको उनीहरुको भनाइ छ। त्रिवि सेवा आयोगको विधानलाई पाखा लगाउँदै त्रिवि र राज्यलाई झण्डै १ अर्ब ५ करोड व्यवभार थपिने विद्यार्थी संगठनको भनाइ छ।
यो निर्णय तत्काल सच्याउँदै खुला प्रतिस्प्रधाबाट पदपूर्ति गर्ने व्यवस्था नभए कडा संघर्षमा उत्रने चेतावनीसमेत उनीहरुले दिएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।