काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बिरामी भएर अस्पताल भर्ना भएपछि सर्वोच्चमा पेसी तोक्ने विषय नै अलमल भएको छ।
बिहीबारका लागि अहिले (करिब ११ बजेसम्म) पेसी नै तोकिएको छैन। बिरामी भएका प्रधानन्यायाधीश जबराले आफू बिदा बसेर कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिँदा समस्या भएको हो।
कोरोना संक्रमण भएपछि जबरा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेसनमा छन्। बुधबार भने सर्वोच्च अदालतका सबै न्यायाधीश बसेर गोलाप्रथाबाट पेशी तोके पनि बन्दीप्रत्यक्षीकरण बाहेकको मुद्दाको सुनुवाइ नै भएको थिएन।
बिहीबार बिहानै बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले पनि आफू बिदामा बसेर सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीशलाई कामु दिएर सर्वोच्च अदालतको काम कारबाही अघि बढाउन प्रधानन्यायाधीशलाई सुझाव दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।