नेपालगञ्ज– नेकपा (एकीकृत समाजवादी) बाँकेले इन्द्रबहादुर थापाको अध्यक्षतामा जिल्ला कमिटी चयन गरेको छ।
पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाको अध्यक्षतामा बुधबार बसेको बैठकले थापाको नेतृत्वमा ३ सय ३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो।
जिल्ला कमिटिको उपाध्यक्षमा समसुद्दिन सिद्दिकी र भद्रप्रसाद देवकोटा, सचिव दिपक जीएम, सहसचिवमा किशोर थापा, भगवती अधिकारी र कप्तान पाठकलाई चयन गरिएको छ।
नयाँ पदाधिकारी तथा सदस्यहरुलाई एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य दलबहादुर सुनारले पद तथा गोपनीयताको सपथ गराएका थिए।
यसअघि जिल्ला अध्यक्षको समेत जिम्मेवारीमा रहेका बाँके इन्चार्ज कोइरालाले नयाँ कार्यसमितिका अध्यक्ष थापालाई कार्यभार हस्तान्तरण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।