काठमाडौं– सन् २००१ मा प्रदर्शनमा आएको ‘गदरः एक प्रेम कथा’ त्यो बेलाको सफल हिन्दी फिल्म थियो। भारतको विभाजन र त्यसको आडमा रहेको एक प्रेम कथालाई प्रस्तुत गरिएको फिल्म अहिले पनि उत्तिकै ताजा लाग्छ।
२१ वर्षपछि ‘गदर’ को दोस्रो भागको छायांकन सुरु भएको छ। केही समयअघि छायांकन हुने घोषणा गरिएको फिल्म फ्लोरमा गएको हो।
सनी देओल र अमीषा पटेलको अभिनय रहने फिल्म ‘गदर २’को छायांकनको एक तस्बिर पनि बाहिरिएको छ। सामाजिक सञ्जालमा अभिनेत्री पटेलले फिल्मको छायांकन भइरहेको फोटो सार्वजनिक गरेकी हुन्। उक्त फोटोमा सनी देओल तारा सिंह र अमिषा सकिनाको भूमिकामा देखिएका छन्। २१ वर्षपछि फेरि सनी देओल दर्शकले निकै रुचाएको भूमिकामा अभिनय गरेको देख्दा सामाजिक सञ्जालमा उनको चर्चा भइरहेको छ।
अनिल शर्माको निर्देशनमा बनिरहेको फिल्म २०२२ मा सिनेमा घरमा प्रदर्शन हुने बताइएको छ। हाल हिमाचल प्रदेशमा छायांकन भइरहेको फिल्ममा सनि र अमिषासँगै अभिनेता उत्कर्ष शर्मा पनि मुख्य भूमिकामा देखिँदै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।