काठमाडौं- राष्ट्रिय प्रजातान्त्रिक पार्टीका अध्यक्ष कमल थापाले पार्टी नेतृत्व सर्वसम्मत नभए प्रजातान्त्रिक प्रतिस्पर्धा गरेर भएपनि नेतृत्व छानिने बताएका छन्। राप्रपा महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले पार्टीलाई वैचारिक रुपमा नेतृत्व गर्न सर्वसम्मत नेतृत्व छान्नेतिर जानु पर्ने बताए।
‘यो एकता महाधिवेशनले केवल भाषण मात्रै होइन। मन बचन र कर्मले एकता महाधिवेशन रुपमा हामीले स्थापित गर्नुपर्छ। यो महाधिवेशन सकेर आफ्नो आफ्नो गाउँ घरमा पुग्दछौ। त्यतिबेला एकता महाधिवेसनबाट हामीले अब कहिलै पार्टी फुट्न नदिने नफुटाउने संकल्प गरेर आएका छौ भन्नुपर्छ’ थापाले भने, ‘यो महाधिवेशनले पार्टीको वैचारिक कार्यदिशाको निर्धारण गर्ने छ। त्यसका निम्ति तपाईंहरुको सर्वसम्मत प्रयासका लागि आह्वान गर्दछु। नेतृत्वको चयनपनि यथासम्भव सर्वसम्मतिको आधारमा तय गर्ने हामीले प्रयास गर्नुपर्छ।’
यदी कदमकदाचित सहमतिबाट नेतृत्व चयन गर्न नसकेमा प्रजातान्त्रिक अभ्यास, विधिबाट नेतृत्व छानिने उनले बताए।
सर्वसम्मत वा प्रतिष्पर्धा जसरी नेतृत्व छानिएपनि आगामी दिन पार्टीलाई एकतावद्ध ढंगले अघि बढाउने प्रतिज्ञा गर्नुपर्ने थापाले बताए।
कुनैपनि बहानामा हामी नयाँ पुरानो अग्लो–होचो वा अन्य कुनै बहानामा विधाजनको रेखा कोर्न हुदैन’ थापाले भने, ‘यो पार्टीमा स्थापना कालदेखि रगत र पसिना बगाएका नेताहरु जिवित हुनुहुन्छ। म अवसरमा दिवगत नेतापति श्रदाञ्जली व्यक्त गर्दछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।