काठमाडौं- राप्रपाका अध्यक्ष प्रकाशचन्द्र लोहनीले देशमा विकास गर्नकै लागि राजनीति नभएको टिप्पणी गरेका छन्।
मंगलबार राप्रपाको महाधिवेशन उद्घाटन सत्रमा बोल्दै अध्यक्ष लोहनीले अरु राजनीति भएपनि विकासमा राजनीति नहुँदा युवाहरु खाडी जानुपर्ने बाध्यता भएको बताए।
‘आजको दिनमा आएर हामीले राजनीतिक स्थिरता दिन सकेका छैनौं। यो देशमा ५ वर्ष शासन गर्छु भन्ने सरकार तीन वर्षमा टुटेर जान्छ’ लोहनीले भने, ‘राजनीतिक स्थिरता, सुशासन छैन। भ्रष्टाचार बढेर गएको छ। विकासको ग्रोथ रेट यति बढ्यो भनेपनि गुणस्तरीय विकास हुन सकेको छैन।’
देशमा केही निश्चित मानिस धनी भएपनि धेरै नेपाली गरिबीको रेखामुनी भएको लोहनीले बताए। ‘निश्चित रुपमा केही मान्छेहरु धनी भएकमा छन्। खर्बौपती भएका छन्। संसारका अर्बपति मध्ये केही नेपालीहरु छन्’ उनले भने, ‘तर, ४० लाख युवाहरु मरुभुमिमा पसिना बगाएर बसेका छन्। राजनीतिक विकास भयो। भौतिक विकासको राजनीति भएन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।