काठमाडौं- राप्रपा अध्यक्ष कमल थापाले देशलाई अहिले पनि मेलमिलापको अवस्थामा पुर्याउनु पर्ने बताए। परम्परागत र परिवर्तनवादी दलहरुबीचमा एकताको र मेलमिलापको आवश्यकता रहेको थापाको भनाइ थियो।
‘लोकतन्त्रवादीहरु राजसंस्थासँग नतर्स र राजसंस्थावादी लोकतन्त्रवादीसँग नर्तसन परम्परागत र परिर्वतनवादी दलका बीचमा एकताको आवश्यकता छ' मंगलबार राप्रपाको महाधिवेशनको उद्घाटन सत्रमा थापाले भने।
अध्यक्ष थापाले नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिको स्मरण गरे। भारतबाट नेपाल फर्कंर्दै विपीले राजा र मेरो घाँटी जोडिएको छ भन्दै देशमा हुन सक्ने अन्तर्राष्ट्रिय हस्तक्षेप रोकेको उनको भनाइ थियो। अहिले गणतन्त्रका कारण यही अवस्था आएको उनको दाबी थियो।
आफूहरु प्रतिगामी वा पुरानो व्यवस्थामा फर्कन खोजेको नभई सवै नेपाली अटाउने मौलिक प्रजातन्त्रको पक्षमा रहेको बताए।
राजादेखि विप्लव माओवादीसम्म अटाउने व्यवस्था खोजेको उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।