काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले अब एकता महाधिवेशन नहुने दाबी गरेका छन्। २०४७ सालमा स्थापना भएको पार्टी पटक-पटक विभाजन भएको भएको भन्दै थापाले यस्तो दाबी गरेका हुन्।
‘म मञ्चमा बसिरहँदा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र समाजवादी केन्द्र अध्यक्ष माधव नेपालले तपाईंहरुको कति पटक एकता महाविधेशन हुन्छ? भनि प्रश्न गर्नु भयो’ मंगलबार पार्टी महाधिवेशनको उद्घाटन सत्रमा उनले भने ‘म भन्न चाहन्छु अब तपाईहरुलाई अर्को एकता महाधिवेशनमा निम्तो गर्दैनौं। यो अन्तिम हुने छ।’
राप्रपालाई कहिल्यै फुट्न नदिने संकल्प गरेको भन्दै उनले नियमित महाधिवेशनमा बोलाउने बताए। ‘त्यसपछि एकता महाधिवशन नै गर्ने आवश्यकता नै पर्दैन’ उनले भने ‘२०७६ फागुनमा एकीकरण भएपछि यो पहिलो महाधिवेशन हो। यो एकता महाधिवेशनलाई केवल भाषणमा मात्र होइन मन वचन र कर्मले एकता महाधिवेशनको रुपमा स्थापित गर्नुपर्छ।’
यो महाधिवेशन सकेर गाउँमा पुग्ने कार्यकर्ताले एउटा सन्देश पुर्याउनु पर्ने भन्दै उनले भने ‘हामीले अब कहिल्यै पार्टी फुट्न नदिने र फुटाउन नदिने सन्देश लिएर आएका छौ।’ यसले नै पार्टीको वैचारिक कार्यदिशाको निर्धारण गर्ने उनको भनाइ थियो।
राप्रपाको हरेक महाधिवेशन पछि विभाजन भएको इतिहास भएकाले त्यसको अन्त्य हुनेतर्फ संकेत गर्दै थापाले अब विभाजन नहुने र हुन नदिने दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।