काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई जनताको भावनालाई ठिक ढंगले आत्मसात् गरेर अघि बढ्न सुझाव दिएका छन्।
मंगलबारबाट सुरु राप्रपा महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले राप्रपाले उठाइरहेको राष्ट्रियताको झन्डालाई उठाइराख्न सुझाव दिँदै परिवर्तनको संवाहक बनेर अघि बढ्न सुझाव दिएका हुन्।
'नेपाली जनताको भावनालाई ठीक ढंगले आत्मसात गरेर परिवर्तनको संवाहक पनि बनेर अगाडि बढ्नुस्। परिवर्तनको गतिलाई रोक्ने र पछाडि धकेल्ने काममा हामी नलागौं। इतिहास अगाडि बढिसक्यो। इतिहास पछाडि जाँदैन' अध्यक्ष नेपालले भने।
उनले राजतन्त्र र हिन्दूराज्यको सट्टा जनताले लोकतन्त्र र गणतन्त्र ल्याएकाले पछाडि जान नसकिने बताए।
उनले गलत कम्युनिष्ट पार्टी रोज्यो भने गलत ठाउँमा पुगिने बताउँदै भने,‘सही कम्युनिष्ट पार्टीमा जानुस् गलतमा नजानुस् ।’ पार्टीहरुको उदय र अस्त पनि हुने भन्दै उनले विचारको उदय र अस्त हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।