काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले बुधबार विश्वासको मत लिने भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसदहरुले बहिष्कार गरेका छन्।
प्रदेश सभामा एमालेका १३ जना सांसद भएपनि सबै सांसदहरु अनुपस्थित भएको कांग्रेस सांसद हिमबहादुर शाहीले बताए।
मुख्ममन्त्री शाहीलाई कांग्रेसका ६, माओवादी केन्द्रका १२, एकीकृत समाजवादी ३ र राप्रपाका एक सांसदले मत दिएपछि २२ मत पुगेको हो।
शाहीको पक्षमा बहुमत भएपछि उनले विश्वासको मत पाएका हुन्। कर्णाली प्रदेशमा कांग्रेसले प्रत्यक्षमा एक सीटपनि नजितेकाले मुख्यमन्त्री बनाउनु जनमतको अपमान भएको भन्दै संसद बैठक बहिष्कार गरेको बताएको छ। प्रदेश सभामा कुल ३५ सदस्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।