काठमाडौं- राष्ट्रिय जनमोर्चाका नेता लालबहादुर थापाले नेपालमा संघीयता आवश्यक छ/छैन भन्ने विषयमा बहस चलाउनु पर्ने बताएका छन्।
मंगलबार राप्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै थापाले संघीयताले प्रभावकारी काम गर्न नसक्दा जनमोर्चाले भन्दै आएको कुरा पुष्टि भएको दाबी गरे। स्थानीय सरकारलाई बलियो बनाउने नाममा प्रभावकारी काम गर्न नसक्दा औचित्यहीन भएको उनको भनाइ थियो।
‘यो प्रदेश सरकार नेता कार्यकर्तालाई व्यवस्थापन गर्ने केन्द्र हो कि? विकासको नाममा जनतालाई, राष्ट्रलाई आवश्यकता हो’ थापाले भने, ‘राप्रपाले बहस र छलफल गर्ने छ। त्यसबाट संघीयताका विषयमा एउटा निष्कर्षमा पुग्न सक्छौ।’ राप्रपाको एकता महाधिवेशनबाट विवादरहित ढंगले नेतृत्व चयन गर्नु पर्ने थापाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।