काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लगाउन माग गर्दै नेपाल बार एसोसिएसनले सत्ता गठवन्धनको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाउने भएको छ।
मंगलबार २ बजेपछि माओवादी केन्द्रकको संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्डलाई भेटेर बारले आफ्नो कुरा राख्ने तयारी गरेको हो।
बारले यसअघि अन्य दलका नेताहरुलाई भेट्दै राणालाई महाभियोग लगाउन १७ बुँदे आरोपपत्र बुझाइसकेको छ। बारले यसअघि माओवादीको संसदीय दल पुगेर सचेतक देव गुरुङलाई पत्र बुझाएको थियो। तर, थप दबाबका लागि अध्यक्ष प्रचण्डलाई बारले भेट्न लागेको हो।
यसअघि बारका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर ज्ञापनपत्र बुझाएको थियो। प्रधानमन्त्रीले सत्ता गठवन्धनसँग छलफल गरेर निर्णय दिने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।