काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेको भर्खरै सम्पन्न महाधिवेशनप्रति कटाक्ष गरेका छन्। एमालेले आफ्नो महाधिवेशनलाई एकताको महाधिवेशन भनेर प्रचारित गरेकोप्रति प्रचण्डले कटाक्ष गरेका हुन्।
'नेपालमा पार्टी फुटाएर तीन टुक्रा बनाउने र महाधिवेशनको नामचाहिँ एकता महाधिवेशन राख्ने भर्खरै हामीले देखेका छौं', उनले भने।
राप्रपाले उस्तै नाम र पृष्ठभूमिका पार्टीहरुबीच एकता गरेर राप्रपा गठन गरेको थियो। 'तपाईंहरु तीनवटा पार्टी मिल्नुभयो र महाधिवेशनको नाम पनि एकता महाधिवेशन राख्नुभयो। त्यस अर्थमा धन्यवाद दिन्छु', उनले भने, 'तपाईंहरुले जालीझेली कुरा गर्नुभएन।'
उनले राप्रपा र आफूहरुको विचार नमिल्ने बताए। उनले आफू गणतन्त्रवादी र धर्मनिरपेक्षवादी भएको स्मरण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।