फाइल तस्बिर
काठमाडौं- नेकपा मालेका महासचिव सीपी मैनालीले विदेशी हस्तक्षपको विरोध गर्ने एउटै व्यक्तित्व महेन्द्र भएको बताएका छन्।
बुधबार सुरु राप्रपाको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले भने, 'राजा महेन्द्रजस्तो राष्ट्रवादी भन्थे, यद्यपि उहाँ सामन्ती कुलको, तरिका पनि निरंकुश थियो, देश सुहाउँदो थिएन। हामीले विरोध गर्यौं । सीपीले पनि विरोध गर्यो। तर त्योपछि विदेशी हस्तक्षपको विरोध गर्ने एउटै व्यक्तित्व महेन्द्र नै हुन्।'
नेपालका आएका परिवर्तन विदेशी हस्तक्षपसहितको भएको सीपीले बताए। 'हामीले इतिहास पढ्दा र तथ्य केलाउँदा के देख्यौं भने परिवर्तनहरु लोकतान्त्रिक परिवर्तन मात्रै नभएर तिनीहरु अवाञ्छित बाह्य प्रभाव र अनुचित बाह्य हस्तक्षपसहितका लोकतान्त्रिक परिवर्तन हुन्,' उनले भने।
उनले आफूहरुले परिवर्तनलाई लोकतान्त्रिक परिवर्तन भनेर अवाञ्छित बाह्य हस्तक्षपहरुलाई अनदेखा गरिरहेकोमा असन्तुष्टि जनाए। २०६३ सालको परिवर्तनले पनि बाह्य हस्तक्षप ल्याएको उनको भनाइ छ। राप्रपा राष्ट्रवाद बोक्ने पार्टी भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।