• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, चैत १९, २०८२ Thu, Apr 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

७० वर्षपछि प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकार खोसियो, यसरी तोकियो गोलाबाट पेसी

64x64
नेपाल लाइभ बुधबार, मंसिर १५, २०७८  ११:३९
1140x725

काठमाडौं- २००८ सालमा स्थापना भएको सर्वोच्च अदालतको इतिहासमा पहिलो पटक मुद्दाहरुको पेसी गोलाप्रथाबाट तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा कोरोना संक्रमित भएर शसस्त्र प्रहरीको अस्पतालमा उपचाररत रहेको समयमा प्रधानन्यायाधीशको अधिकार जस्तै रहेको पद्धति खोसिएको हो। 

२९ औं प्रधानन्यायाधीशको रुपमा राणा कार्यरत रहेको समयमा अल्पकालीन अवधिका लागि बुधबार गोलाबाट पेसी तोकिएको हो।

न्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको न्यायलयको विकृति अध्ययन समितिले अदालतमा भ्रष्टाचार र विचौलियाहरुको चलखेल पेसी तोक्ने कार्यदेखि नै सुरु भएको र यसको नियन्त्रण हुन सके आधा नियन्त्रण हुने उल्लेख गरिएको थियो। उक्त समितिले दिएको प्रतिवेदन राणाले कार्यान्वयनमा नलैजादा प्रधानन्यायाधीशविरुद्ध न्यायाधीश र कानुन व्यवसायीहरु आन्दोलनमा उत्रिएका थिए।  

आन्दोलनपछि मंसिर २ गते फुलकोर्ट बोलाएर सर्वोच्च अदालत नियमावली संशोधन गरिएको थियो। उक्त नियमावलीमा रहेको प्रधानन्यायाधीशले इजलास तोक्ने व्यवस्था संशोधन गर्दै गोलाबाट तोकिने भनिएको थियो।

उक्त संशोधन राजपत्रमा प्रकाशित हुँदै आजदेखि लागू हुने सूचना जारी गरिएको थियो। गोला वैज्ञानिक प्रणाली भएपनि न्याय दिनका लागि पर्याप्त नहुने भनि टिप्पणी हुँदा हुँदै पनि प्रधानन्यायाधीश इमान्दार नभएकाले लागू गर्न परेको कानुनविद्हरुले बताउने गरेका छन्।  

सर्वोच्च अदालतमा ७० वर्ष अघिदेखि पेसी व्यवस्थापनको अधिकार प्रधानन्यायाधीशमा रहँदै आएकोमा स्वचालित पेसी व्यवस्थापनमा जानुपर्ने सुझाव विभिन्न अध्ययन समितिले दिएको थियो।  तर, स्वचालित पेसी व्यवस्थापन प्रणालीमा जानुपूर्व संक्रमणकालीन प्रक्रियाका रुपमा गोलाप्रथा लागू गरिएको हो। 

फुलकोर्टले नियमावली संशोधन गरि कानुन बनाएपछि  २००८ सालमा स्थापना भएको सर्वोच्चमा पहिलो पटक प्रधानन्यायाधीशबाट पेसी तोक्ने अधिकार खोसिएको छ। सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा ०७७ साउन २७ गते स्वचालित पेसी व्यवस्थापन सम्बन्धी सम्भाव्यता अध्ययन गर्न एक समिति गठन भएको थियो। समितिले ०७७ फागुन २७ गते अध्ययन सम्पन्न गरेर प्रधानन्यायाधीशलाई प्रतिवेदन बुझाएको थियो।

तीन न्यायाधीशसहित ८ सदस्यीय कार्की नेतृत्वको समितिले स्वचालित पेसी व्यवस्थापनसम्बन्धी २ वर्षे कार्ययोजना प्रस्तुत गरेको थियो। जसमा जिल्ला अदालतबाट सुरु गरेर उच्च अदालत हुँदै ०७९ माघ १ गतेदेखि सर्वोच्च अदालतका सबै मुद्दामा स्वचालित पेसी व्यवस्थापनसम्बन्धी सफ्टवेयर लागू गरिसक्ने समयतालिका तोकिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

कार्की नेतृत्वको समितिले स्वचालित पेसी व्यवस्थापनमा जानका लागि ०७७ चैतमा अदालत नियमावली संशोधन गरिसक्ने, निर्देशक समिति गठन गरिसक्ने र निर्देशिकामा समेत तयार पारिसक्ने कार्ययोजना बनाएको थियो। 

कसरी तोकिन्छ गोलाबाट पेसी?

न्यायाधीश मीरा खड्का नेतृत्वको समितिले तयार पारेको गोला प्रक्रियाद्वारा पेसी व्यवस्थापनसम्बन्धी कार्यविधि निर्देशिकामा निम्न अनुसार थैलीबाट गोला तानिने उल्लेख छ:

–गोला तान्ने प्रयोजनका लागि समान रुप, रंग, आकार र बनोटका गोटी प्रयोग गरिनेछ।
–गोटीलाई एक अपारदर्शी थैलीमा राखिनेछ।
–प्रधानन्यायाधीश र न्यायाधीशहरूले वरिष्ठताका आधारमा क्रमशः सबै न्यायाधीशले एक–एकवटा गोटी तान्नुपर्नेछ।
–तानिएको गोटी सम्बन्धित न्यायाधीशले सीसी क्यामेरामा समेत रेकर्ड हुने गरी सबैलाई देखाई गोटीको संकेताङ्क प्रष्ट बुझाउने गरी सुनाउनुपर्नेछ। सोको अभिलेख आन्तरिक कम्प्युटर सञ्जालमा समेत राखिनेछ।
–गोला प्रक्रियाद्वारा इजलास गठन गर्दा क्रमशः बृहत् पूर्ण वा पूर्ण, एक न्यायाधीशको इजलास र संयुक्त इजलास गठन हुने गरी प्राथमिकता निर्धारण गरिनेछ। यसका लागि छुट्टा–छुट्टै थैली र गोटीको व्यवस्था गरिनेछ।
–गोटी उपस्थित न्यायाधीशहरूद्वारा वरिष्ठताका आधारमा तानिनेछ।

११ इजलास गठन 

सर्वोच्चमा गोलाप्रथाद्वारा ११ वटा इजलास गठन भएका छन्। पेसी व्यवस्थापन समितिका तर्फबाट बुधबार पहिलोपटक ११ इजलास गठन भएको हो। 

आजका ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ। तीमध्ये २ वटा एकल इजलास छन्।   न्यायाधीशहरु मिरा खड्का र कुमार चुडालको एकल इजलास रहेको छ।  

आजका लागि दीपककुमार कार्की र टंकबहादुर मोक्तान, हरिकृष्ण कार्की र सुष्मालता माथेमा, हरिकुमार कार्की र वमकुमार श्रेष्ठको संयुक्त इजलास गठन भएको छ। त्यस्तै विश्वम्भरप्रसाद श्रेष्ठ र वमकुमार श्रेष्ठ, डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्मा, अनिता कुमार सिन्हा र कुमार रेग्मी, प्रकाशमान सिंह राउत र हरि प्रसाद फुयाल, सपना प्रधान मल्ल र प्रकाश कुमार ढुंगाना तथा तेजबहादुर केसी र नहकुल सुवेदीको संयुक्त इजलास गठन भएको हो।  

प्रधानन्यायाधीशको राजीनामा मागसहित बेन्च बहिष्कार गरिरहेका न्यायाधीशहरू गोलाप्रथा लागू भएपछि इजलास फर्कन सहमत भएपछि फुलकोर्टले गोलाप्रथाबाट इजलास तोक्ने निर्णय गरेको थियो।

असन्तुष्ट न्यायाधीशहरू यसअघि इजलास फर्कदै बन्दी प्रत्यक्षीकरण र निवेदन सुनुवाइ गर्दै आएका थिए। यता नेपाल बार एसोसियनले भने आन्दोलनलाई जारी राखेको छ। बारले राणाको राजीनामा नआएसम्म आन्दोलन नरोक्ने बताउँदै आएको छ।

नेपाल बारका महासचिव लिलामणि पौडेलका अनुसार आज पनि साढे १२ सम्म अदालत परिसरमा धर्नाको कार्यक्रम छ।

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ११:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला
राजस्व चुहावट नियन्त्रणका लागि गृहमन्त्रीसहितको उच्चस्तरीय बैठक बस्दै
बालाजु बाइसधारा मेला सुरु
सम्बन्धित सामग्री
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला इतर समूहको फरक ढंगले गतिविधि अघि बढाउने भन्दै तत्कालका लागि भेला स्थगित गरिएको धुम्बाराही बैठकमा सहभागी नेताहरूको भनाइ छ । बिहीबार, चैत १९, २०८२
प्रधानमन्त्री शाहलाई रुसका प्रधानमन्त्रीको बधाई प्रधानमन्त्री शाहलाई बुधबार एक सन्देश पठाएर रुसी प्रधानमन्त्रीले रुसको सङ्घीय सरकार तथा व्यक्तिगत रूपम बधाई ज्ञापन गरेका हुन् । बिहीबार, चैत १९, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवे... बिहीबार, चैत १९, २०८२
ताजा समाचारसबै
देउवा समूहले स्थगित गर्‍यो जिल्ला सभापतिको भेला बिहीबार, चैत १९, २०८२
राजस्व चुहावट नियन्त्रणका लागि गृहमन्त्रीसहितको उच्चस्तरीय बैठक बस्दै बिहीबार, चैत १९, २०८२
बालाजु बाइसधारा मेला सुरु बिहीबार, चैत १९, २०८२
इरान परमाणु हतियारको एकदमै नजिक पुगिसकेको थियो : ट्रम्प बिहीबार, चैत १९, २०८२
इन्डोनेसियामा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
केही सर्त माने अमेरिका र इजरायलसँग युद्ध अन्त्य गर्न इरान तयारः राष्ट्रपति पेजेस्कियान बुधबार, चैत १८, २०८२
महासचिव पोखरेलको राजीनामा माग्दै एमाले युवाहरू विराेधमा बुधबार, चैत १८, २०८२
एमाले सचिव महेश बस्नेतविरुद्ध दायर रिट खारेज बुधबार, चैत १८, २०८२
आजदेखि संसद् अधिवेशन, तीन अध्यादेश पेस हुँदै बिहीबार, चैत १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
समानुपातिक सूचीको पहिलो नम्बरमा रहँदा पनि सांसद नबनाइएको भन्दै सर्वोच्चमा रिट बुधबार, चैत १८, २०८२
पूर्वप्रधानमन्त्री र पूर्वमन्त्रीहरूको सम्पत्तिमाथि सीआईबीको एक्सन, अनुसन्धानको घेरामा को-को? आइतबार, चैत १५, २०८२
एमालेद्वारा देशभर आन्दोलनको घोषणा शनिबार, चैत १४, २०८२
शपथअघि मन्त्रीहरूको नाम टुंग्याउन अन्तिम छलफलमा जुट्दै रवि–बालेन्द्र शुक्रबार, चैत १३, २०८२
को-को बन्दैछन् मन्त्री शुक्रबार, चैत १३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्