काठमाडौं– सरकारले इजरायल रोजगारीका छनोट भएका युवाका लागि काठमाडौंका विभिन्न पाँच अस्पतालमा कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था गरिएको छ।
छनोट भएका कामदारका लागि वीर अस्पताल, निजामती सेवा अस्पताल, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र अस्पताल छाउनी र सशस्त्र प्रहरी बल अस्पतालमा खोप लगाउने व्यवस्था गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ।
विभागले मङ्गलबार सूचना सार्वजनिक गर्दै तोकिएका यी केन्द्रमा खोप लगाउन जानुअघि विभागको इजरायल शाखामा अनिवार्य रूपमा सम्पर्क गर्नसमेत आग्रह गरेको छ।
इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक श्रमिक पठाउने प्रयोजनका लागि इजरायलको जनसंख्या तथा अध्यागमन प्राधिकरण (पिवा)द्वारा छनोट भएका र कोरोनाविरुद्धको खोप लगाउन बाँकी उम्मेदवारलाई खोप लगाउन विभागले अनुरोधसमेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।