काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को महाधिवेशन आज (बुधबार)देखि सुरु हुँदै छ।
काठमाडौंमा हुन लागेको यो महाधिवेशनलाई राप्रपाले एकता महाधिवेशन भनेको छ। तीन पार्टी मिलेर राप्रपा बनेपछि पहिलोपटक महाधिवेशन हुन लागेकाले यसलाई एकता महाधिवेशन भनिएको हो।
महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ। पार्टीको अध्यक्षका लागि अहिलेका अध्यक्ष कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदववारी घोषणा गरिसकेका छन्।
राप्रपाले पहिलोपटक महाधिवेशन प्रतिनिधिहरू चयन गरेर महाधिवेशन गर्न लागेको छ। महाधिवेशन मंसिर १७ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।