काठमाडौं- कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही नेतृत्वको सरकारमा नेकपा (माओवादी केन्द्र)बाट सांसद विन्दमान विष्ट मन्त्री बन्ने भएका छन्।
उनले आर्थिक मामिला तथा योजनामन्त्रीको रुपमा आज साँझ साढे ७ बजे शपथ लिने भएका हुन्।
शाही नेतृत्वको सरकारमा आज शपथ लिन लागेको उनले पुष्टि गरे। उनी यसअघि मन्त्री बन्ने चर्चा भए पनि यसपटक अवसर पाएका हुन्।
उनीसँगै शाहीको मन्त्रिपरिषद् चन्द्रबहादुर शाही भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्रीसहित तीन सदस्यीय हुने भएको छ। मुख्यमन्त्री शाहीले बुधबार विश्वासको मत लिने तयारी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।