काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथ किनारामा अवैध रुपमा सञ्चालन भएका पसल हटाउन सुरु गरेको छ ।
महाशाखाले सडक विभागसँग सहकार्य गरेर शनिबार बसुन्धरा क्षेत्रको सडकका वरपर रहेका पाँच वटा घरटहरा हटाएको छ। चक्रपथ क्षेत्रलाई व्यवस्थित बनाउन बाटोमा ट्राफिक संकेत राख्ने काम, बिजुलीका पोल सार्ने, अनावश्यक पार्किङस्थल हटाउने लगायत काम गरेको महाशाखाले जनाएको छ।
महाशाखाका प्रमुख सर्वेन्द्र खनालले बाटोको किनारामा रहेका पसल तथा अव्यवस्थित पार्किङले सवारी आवागमनमा समस्या परेकाले हटाउने अभियान सुरु गरिएको बताए।
यो अभियान पहिलो चरणमा महाराजगञ्ज चोकदेखि कलंकीसम्म सञ्चालन गरिने र विस्तारै अन्य ठाउँमा पनि लैजाने उनले जानकारी दिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।