काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयमा आन्दोलनरत आशिंक प्राध्यापकलाई लिखित परीक्षा दिने व्यवस्था भएपछि नजिता स्वीकार गर्न तयार हुन आग्रह गरेका छन्।
मंगलबार प्रचण्डलाई भेट्न पुगेका प्राध्यापकहरूलाई उनले आफ्नो तर्फबाट माग सम्बोधन गराउन तयार रहेको बताए। त्रिविका आंशिक प्राध्यापकहरू लामो समयदेखि आन्दोलनमा छन्।
‘आज तपाईंहरूको कुरा सुनिसकेपछि अर्थ मन्त्री र प्रधानमन्त्रीसँग बसेर यो निर्णय कार्यन्वयन गराइन्छ। यही विश्वास तपाईंहरुलाई दिलाउन चाहन्छु’, प्रचण्डले भने, ‘तपाईंहरू सबै आ–आफ्नो ठाउँबाट आंशिक प्राध्यापकबाट करार गर्ने र त्यसपछि लिखितमा गएर जे जे हुन्छ त्यो स्वीकार गर्न तयार हुनुहोला।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।