सौराहा(चितवन)- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा मतदान सकिएको छ। मंगलबार बिहान ४ बजेबाट सुरु भएको मतदान साढे १० बजे सकिएको हो।
विहान १० बजेसम्मका लागि निर्धारण गरिएको मतदानको समयमा एमाले निर्वाचन आयोगले आधा घण्टा समय थप गरेको थियो।
२१७५ जना प्रतिनिधि रहेको एमाले महाधिवशेनमा २ हजार बढी मत खसेको जनाइएको छ। कति मत खस्यो भन्नका लागि मतको ट्याली गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ। कार्यव्यस्तताका कारण कतिपयले महाधिवेशन छाडेर फर्किसकेकाले केही कम मत खसेको जनाइएको छ।
५० वटा क्लस्टरमा मतदान गर्नुपर्नेमा ४० वटामा निर्विरोध भइसकेको र अहिले १० वटा क्लस्टरमा मात्र भोटिङ भएको थियो।
अब प्राविधिक काम सकाएर मतगणना सुरु गरिने दाहालले बताए। अध्यक्ष, उपाध्यक्ष, सचिव लगायतका पदमा मतदान भएको हो।
मत गणनाका लागि १ देखि २ घण्टा लाग्ने उनले बताए। 'भोटिङ मसिन हो। नेटवर्किङ गरेको भए एक क्लिकमा हुन्थ्यो। उम्मेदवारलाई एक कम्प्युटरबाट अर्कोमा जोडिएको छ भन्ने आशंका लाग्न सक्ने भएका कारण सबै कम्युटर अलग अलग छन्। कम्प्युटरमा जोडेर गर्नु पर्ने भएकाले १ देखि २ घण्टा लाग्न सक्छ' दाहालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।