वीरेन्द्रनगर– नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशका सहइन्चार्ज कालीबहादुर मल्लले माओवादी मुलुक हाँक्ने कुशल चालक बन्नुपर्ने बताएका छन्।
माओवादी केन्द्र वीरेन्द्रनगर नगरपालिकाको सर्वसम्मत चयन भएको ६५ सदस्यीय नगर समिति पदाधिकारी तथा सदस्यको शपथ ग्रहण कार्यक्रममा उनले माओवादी केन्द्रलाई आमजनताले देशको कुशल चालक बनी मुलुक हाँक्ने इजाजत दिने बताए।
अधिकार र उपलब्धि संस्थागत गर्ने अभिभारा माओवादीको काँधमा आइपुगेको मल्लको भनाइ थियो। पार्टी निर्माणमा दत्तचित्त भएर लाग्नसमेत उनले सबैलाई आग्रह गरे।
सो अवसरमा सहइन्चार्ज मल्लले नगर कमिटीका अध्यक्ष रत्न गाहा, उपाध्यक्षत्रय रतिमान सिंह, मदन पङ्गाली र पद्मा विष्ट, सचिव झङ्कराज काफ्ले, सहसचिव रमेश परियार, कोषाध्यक्ष बमु केसीलगायत पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको शपथ गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।