रामपुर (पाल्पा)- पाल्पा–बुटवल सडकखण्ड अन्तर्गत सिद्धार्थ राजमार्गको सिद्धबाबा सडक अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको छ।
आज सडक मर्मतका लागि ४ घन्टा सम्म बन्द गरिएको सडक अहिले एकतर्फी रुपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।
सिद्धबाबा क्षेत्रमा सडकमाथिबाट पहिरो खसेपछि यात्रुले निकै सास्ती भोग्नुपरेको छ। पाँच दिनदेखि लगातार सडकमाथिबाट ठूल्ठूला चट्टानसहितको ढुंगा खसेर सडक छिनछिनमै खुल्ने र बन्द हुने भइरहेको छ।
सिद्धबाबा क्षेत्रमा चट्टानसहितको पहिरो खसेर धेरै यात्रुले अकालमै ज्यान गुमाउनुपरेको छ। यही राजमार्ग भएर पाल्पा, स्याङ्जा, अर्घाखाँची, गुल्मी, पोखरा, पर्वत लगायतका जिल्लामा जाने यात्रुले बेलाबेलामा निकै सास्ती भोग्नुपरेको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।