एजेन्सी -वान डे क्रिकेटमा इंल्याण्डले हाल सम्मकै उच्च स्कोर बनाएको छ। अष्ट्रलियाविरुद्धको मंगलबारको खेलमा उसले ४ सय ८१ रन बनाएको हो।
यसअघि उच्च स्कोर इंल्याण्डकै नाममा थियो। पाकिस्तानविरुद्ध ४ सय ४४ रन बनाएर इंल्याण्डले २ वर्षअघि आफ्नो नाममा ओडिआईमा विश्व रेकर्ड बनाएको थियो।
रेकर्ड बनाउनका लागि इंल्याण्डका ओपनिड ब्याट्सम्यादहरु ज्यासन रोय र जोनाथन बेरिस्टोले १९.३ ओभरमा १ सय ५९ रनको साझेदारी गरे।
रोयले ८३ तथा बेरिस्टोले १ सय ३९ रनको योगदान दिए।
अर्का ब्याट्सम्यान एलेक्स हेल्सले एक सय ४७ तथा कप्तान इयान मोर्गानले ३० बलमा आक्रामक ६७ रनको योगदान दिए। मोर्गनले सबैभन्दा छिटो अर्धसतक बनाउने इंल्याण्डका ब्याट्सम्यानको रेकर्ड पनि राखेका छन्। उनले २२ बलमा अर्धसतक प्रहार गरे। ८ विकेट गुमाएर उसले ४ सय ८१ रन जोडेको हो।
ओडिआइमा इंल्याण्ड आइसिसीको ¥याङकिङमा पहिलो नम्बरमा रहेको टिम हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।