चितवन– नेकपा एमालेको केन्द्रीय कमिटीमा ‘सर्वसम्मत’ नेतृत्व चयन गर्ने अध्यक्ष ओलीको आकांक्षा असफल उन्मुख देखिएको छ।
आइतबार दिनभर लगाएर राति ३ बजेपछि सार्वजनिक सूचीमा असन्तुष्टि दर्शाउँदै नेताहरुले उम्मेदवारी दिन थालेका छन्। अध्यक्षमा भीम रावलले ओलीसँग प्रतिष्पर्धा गर्ने भन्दै उम्मेदवारी दर्ता गराएका छन् भने उपाध्यक्षमा घनश्याम भुसालले उम्मेदवारी दिँदैछन्।
बहालवाला सचिव भीम आचार्य सूचीमा नपरेपछि उम्मेदवारी दिएका छन्। एमाले अन्तरसंघर्षमा माधव नेपाल पक्षमा रहेका उनी एमालेमै रहने ‘दश नेता’मध्ये एक हुन्।
उनले सर्वसम्मतिका बारेमा आफूलाई जानकारी नरहेको बताए। उनले भने, ‘हिजोको सर्वसम्मति के हो मलाई जानकारी छैन, सचिवमै दोहोरिनेगरी उम्मेदवारी दिएँ।’
आफूसँग उक्त सूचीका विषयमा कसैले छलफल समेत नगरेको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।