सौराहा– नेकपा एमालेका अध्यक्ष केपी ओली बन्दसत्र परिसर सेभेन स्टार होटल पुगेसँगै उनी पक्षका कार्यकर्ताले नाराबाजी गरेका छन्।
उनीहरुले ‘आज होइन भोलिलाई, दश वर्ष ओलीलाई’, ‘केपी बा, वी लभ यु’ ‘केपी बा जिन्दावाद’ लगायतका नारा लगाएका हुन्।
बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र रातको पौने १० बजेसम्म सुरु हुन सकेको छैन। दिनभर पदाधिकारी र केन्द्रीय कमिटी सदस्यको चयन गर्न ओली व्यस्त भएका थिए। नामावली ‘टुंगिए’सँगै ओली बन्दसत्र स्थल पुगेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।