काठमाडौं- भारतीय पूर्वक्रिकेटर तथा भाजपा नेता गौतम गाम्भीरलाई पछिल्लो ६ दिनमा तेस्रोपटक आईएसआईएस कश्मीरबाट ज्यान मार्ने धम्की आएको दिल्ली प्रहरीले बताएको छ।
आइतबार प्रहरीले उक्त समूहबाट गाम्भीरलाई तेस्रोपटक धम्की आएको जानकारी दिएको हो। बिहान १:३७ मा आएको इमेलमा लेखिएको छ, ‘तपाईंको दिल्ली प्रहरी र आईपीएस श्वेता (डीसीपी)ले पनि मलाई हानि गर्न सक्ने छैनन्। दिल्ली प्रहरीमा हाम्रा जासुसहरू पनि छन्। तपाईंको बारेमा सबै जानकारी प्राप्त भइरहेको छ।’
यसअघि गाम्भीरलाई मंगलबार र बुधबार ज्यान मार्ने धम्की आएको थियो । दिल्ली प्रहरीका एक वरिष्ठ अधिकारीले यसबारे अनुसन्धान चलिरहेको जनाकारी दिएका छन्।
गाम्भीरका निजी सचिव गौरव अरोराले दायर गरेको उजुरी अनुसार गाम्भीरलाई पहिलो ज्यान मार्ने धम्की उनको आधिकारिक इमेल एकाउन्टमा मंगलबार बिहान ९:३२ मा आएको थियो। आईएसआईएस कश्मीरबाट धम्कीमा लेखिएको थियो– हामी जाँदैछौं। तपाईं र तपाईंको परिवारलाई मार्न............।
डिसीपी श्वेता चौहान (मध्य दिल्ली)ले भनेकी छिन्, ‘यो गुनासो आएपछि जिल्ला प्रहरीले गौतम गाम्भीरको व्यक्तिगत सुरक्षाका साथै राजेन्द्र नगर क्षेत्रमा रहेको उनको घरको सुरक्षामा कडाइ गरिएको छ।’
यसपछि दिल्ली प्रहरीको स्पेशल सेलको इन्टेलिजेन्स फ्युजन एण्ड स्ट्र्याटेजिक अपरेसन युनिटले गुगलसँग सम्पर्क गरी इमेल एकाउन्ट प्रयोगकर्ताहरू र दर्ता गरिएको इमेलको बारेमा जानकारी लिन खोजेको थियो।
बिहीबार दिउँसो २:३२ बजे दोस्रो धम्की आएको प्रहरीले जनाएको छ । उजुरीकर्ताका अनुसार इमेलमा गाम्भीरको घरको भिडियो पनि थियो।
उही समयमा, यो दोस्रो इमेलमा लेखिएको थियो–हामीले तपाईंलाई मार्न चाहन्थ्यौं, तर तपाईं बाँच्नु भयो। यदि तपाईं आफ्नो परिवार जिवित रहेको हेर्न चाहनुहुन्छ भने राजनीति र कश्मीर मुद्दाबाट टाढा रहनुहोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।