कुनै बेला पादरी बन्ने तयारी थालेका चार्ल्स डार्विनलाई थाहा थिएन, एक समुन्द्री यात्राले उनको जीवन परिवर्तन गर्नेछ।
‘म एक बूढो र बिमार व्यक्ति हुँ, जसको धेरै काम पहिल्यैबाट बाँकी छ। यस्तो बेला म तपाईंहरू सबैको प्रश्नको जवाफ दिएर आफ्नो समय खर्च गर्न सक्दिनँ, न यी प्रश्नको पूरा जवाफ नै दिन सम्भव छ। विज्ञानको क्राइस्ट (ईसा)को अस्तित्वसँग केही लिनादिना छैन। ईश्वरले आफ्नो कुनै दूतमार्फत आफ्नो प्रकृति र मनुष्यको रचनामा निहित आफ्ना उद्देश्यहरू कहिल्यै बताएका छन् भन्ने म मान्दिनँ।’
यी हरफहरू सन् १८७९ मा चार्ल्स रोबर्ट डार्विनले जर्मनीका आफ्ना कुनै विद्यार्थीका लागि लेखेको चिठ्ठीका हुन्। उनका छोरा फ्रान्सिस डार्विनले आफ्नो किताब ‘द लाइफ एण्ड लेटर्स अफ चार्ल्स डार्विन’मा यो चिठ्ठीको विषय उल्लेख गरेका छन्। आफ्नो बुबाबारे फ्रान्सिसले लेखेका छन्- ‘धर्मसँग जोडिएका विषयमा उनी अक्सर चुप रहन्थे। यो विषयमा जति पनि उनले आफ्ना कुराहरू राखे, ती सबै उनका निजी सोच थिए, जुन कहिल्यै प्रकाशित गर्ने उद्देश्यले भनिएको थिएन।’
धर्मबारेमा खुलेर बोल्नबाट डार्विन सधैँ बचेरै रहे। तर, उनले लेखेका कैयौं पत्र र किताबहरूमा इसाई धर्मप्रति उनको विरोधी विचार देखिन्छ। आफ्नो जीवनीमा डार्विनले लेखेका छन्- ‘जुन चमत्कारको समर्थन इसाई धर्मले गर्छ, तीमाथि विश्वास गर्नका लागि कुनै पनि समझदार मानिसलाई प्रमाणको आवश्यकता अवश्य महसुस हुन्छ। त्यो बेलाको मानिस हामीभन्दा कैयौं गुणा सिधा र अनभिज्ञ थिए, जब यी चमत्कारको बारेमा बताइएको थियो।’
इसाई धर्मसँग जोडिएको सुरुवाती साहित्य गास्पेल (जुन जिससको जीवन, मृत्यु र उनी फेरि उठेको कथासँग सम्बन्धित छ) माथि शंका गर्दै डार्विनले भनेका थिए- ‘यो किताबमा लेखिएका वर्णन र चमत्कारको कहानीमा मलाई विरोधाभास भएको जस्तो लाग्छ। जसरी यी विरोधाभासको प्रभाव ममाथि बढ्दै गयो, ‘रिभोलुसन’को रुपमा इसाई धर्ममाथिको मेरो विश्वास पनि हराउँदै गयो।’
(‘गास्पेल’ जिससका १२ शिष्यहरूमध्ये एक थोमसले लेखेका थिए। उनी त्यही थोमस हुन्, जो ५०औं इस्वीमा आफ्नो सन्देश लिएर भारत आएका थिए र ७२औं इस्वीमा भारतको चेन्नाइस्थित सेन्ट थोमर माउन्टमा मारिएका थिए।)
पहिले ईश्वरको बाटोमा
चार्ल्स डार्विन सधैँ अनिश्वरवादी थिए भन्ने कदापी होइन। एक समय यस्तो थियो, उनकै आग्रहमा छोरा फ्रान्सिस डार्विनले पादरी बन्नका लागि तयारी गरेका थिए। आफ्नो आत्मकथामा यसबारे फ्रान्सिसले भनेका छन्- ‘मेरो बुबाले मलाई म पादरी बनेमा निकै राम्रो हुने बताएका थिए। मैले सोच्नका लागि समय मागेको थिएँ, ताकि यो समयमा चर्च अफ इङ्ल्याण्डका सबै धर्मसुत्रहरूप्रति आफ्नो मनमा विश्वास जगाउन सकुँ। यही क्रममा मैले इसाईका कैयौं धर्मग्रन्थहरू निकै सावधानीसहित पढें। त्यो बेला त बाइबलका प्रत्येक शब्दमा वर्णन गरिएको सत्यको कडा र अक्षरशः पालना गर्नमा कुनै सन्देह थिएन। म छिट्टै नै इसाई धर्मका नियम र सिद्धान्तहरूको पूर्ण रुपमा पालना हुनुपर्छ भन्ने अवस्थामा पुगेको थिएँ।’
त्यही बेला यी धर्मग्रन्थ र यसमा भएका विचारहरू डार्विनप्रति यति धेरै हावी थिए कि आफ्नो समुन्द्री यात्रा (एचएमएस बीगल समुन्द्र)मा बाइबल पनि लिएर गएका थिए। तर, त्यतिबेला डार्विन आफैंलाई थाहा थिएन कि यो यात्राको क्रममा उनी हरेक कदमसँगै बिस्तारै ‘विज्ञान’ नजिक र ‘धर्म’बाट टाढा हुँदै जानेछन्।
यसबारे डार्विन लेख्छन्, ‘यी दुई वर्षमा (अक्टुबर १८३६ देखि जनवरी १८३९ सम्म) मैले धर्मको बारेमा राम्रोसँग सोच्ने मौका मिलेको थियो। जब मैले बिगलमा आफ्नो यात्राको सुरुवात गरेको थिएँ, म धर्मलाई लिएर निकै कट्टरवादी थिएँ। मलाई याद छ तब म नैतिकतासँग जोडिएका कुनै पनि विषयमा बाइबलका कुनै अकाट्य सन्दर्भलाई प्रस्तुत गर्दा जहाजका केही अधिकारी कसरी ममाथि हाँस्ने गरेका थिए।’
समयसँगै जब डार्विन आफ्नो शोध अघि लैजाँदै थिए, धर्ममाथिको उनको भरोसा कम हुँदै गयो। भनिन्छ, डार्विनले आफ्नी छोरी एनीको मृत्युपछि पूर्णरूपमा आफूलाई आफ्नो शोधकार्यमा भुलाएका थिए। यसक्रममा विस्तारै बाइबल र यशुमाथिको उनको विश्वास हराउँदै गयो।

यसबारे उनले सन् १८८० नोमेम्बर २४ मा लेखेको एक ऐतिहासिक चिठ्ठीमा बताएका थिए। डार्विनले फ्रान्सिस एमसी डार्मोटको एक पत्रको जवाफ दिदैं आफ्नो पत्रमा लेखेका थिए, ‘तपाईंलाई म बाइबलमाथि पवित्र क्रान्तिको रूपमा विस्वास गर्दिन भन्नु परेकोमा माफी माग्छु। यही कारण मलाई यशु ईश्वरको सन्तान हुन् भन्ने कुरामा पनि विश्वास छैन।’ (सन् २०१५ मा न्युयोर्कमा लिलामीको क्रममा यो पत्रमा एक लाख ९७ हजार अमेरिकी डलर बराबरको बोली लगाइएको थियो।)
चर्चसँगको लडाइँ
डार्विन मात्रै धर्मको विरुद्धमा थिए भन्ने होइन। दुवै धर्मबाट उत्तिकै द्वन्द्व सिर्जना भइसकेको थियो। तर, चर्च र इसाई धर्मगुरुहरूले गर्ने विरोध डार्विनले गर्ने विरोधभन्दा धेरै प्रबल र व्यापक थियो। चर्च र चर्चका अनुयायीहरूलाई डार्विनको मानव विकासको सिद्धान्त बिल्कुल मान्य थिएन। उनीहरूलाई डार्विनको सिद्धान्तले मनुस्य र जनावरबीचको अन्तर समाप्त गर्ने लाग्थ्यो। तर, त्योभन्दा माथि गएर उनका सिद्धान्तहरूले परमेश्वर, उनका पुज्य यशु र इसाईको प्रमुख धर्मग्रन्थ बाइबलको अस्तित्वमाथि नै प्रश्न गरेको भन्ने संगीन आरोप लगाइएको थियो।
जेम्स उशरसहित तमाम इसाइ धर्मगुरुहरूले (बाइबलमा उल्लेख भएअनुसार) पृथ्वीको रचना यशुको जन्मभन्दा ४००४ वर्षअघि भएको मान्थे। तर, डार्विनको विकासवादको सिद्धान्तले पृथ्वीको उत्पत्ति लाखौं करोडौँ वर्षअघि भएको बताएको थियो।
डार्विनका तर्कहरूसँग धर्मगुरुहरूको दोस्रो आपत्ति पनि थियो। उनीहरू बाइबलको आधारमा ईश्वरले एक सातामा नै पृथ्वीको रचना गरिदिएको, जसमा रुख विरुवा, जीवजन्तु, पहाड, नदी र मानिसलाई फरक-फरक गरी ६ दिनमा बनाएको मान्थे। (बाइबलका अनुसार परमेश्वरले पहिलो दिन सूर्य र पानी बनाएका थिए। दोस्रो दिन आकाश बनाए। तस्रो दिन पानीलाई एक ठाउँमा जम्मा गरेर धर्ती र समुन्द्र बनाए। धर्तीमा रुख विरुवा लगाए। चौँथो दिन ताराहरूको निर्माण गरे। पाँचौं दिन समुन्द्रमा बस्ने जीवजन्तु र उड्ने पन्छी बनाए। छैटौँ दिन धर्तीमा जनावरहरूमाथि अधिकारका लागि आफ्नो छवि भएको मानिसको रचना गरे र उसलाई संख्यामा बढ्न आर्शिवाद दिए।)
तर, डार्विनको विकासवादको सिद्धान्तले यो सबै प्रक्रियाभन्दा फरक कथा बताउँथ्यो। डार्विनले विकासवादमाथि आधारित आफ्नो किताब ‘द ओरिजिन अफ स्पिसिज’मा लेखेका छन- ‘म बोटविरुवा र जीवित प्राणीलाई ईश्वरले अलग–अलग बनाएकोमा विश्वास गर्दिनँ।’
डार्विन हरेक जीन केही छानिएका जीवहरूको वंशज भएको र उनीहरूमा समयसँगै एकसाथ परिवर्तन आएको तथा धर्तीमा लाखौं प्रजातिहरूको जन्म भएकोमा विश्वास गर्थे। उनको मतमा, पुस्ताअनुसार सुक्ष्म रुपमा भएको परिवर्तनका कारण ठूला परिवर्तनहरू देखिन थाले, जस्तो माछा जल–थल दुवैमा रहन सक्ने वस्तुमा परिवर्तन भयो र बाँदर मानिसमा। यिनै परिवर्तनलाई ‘महाविकास’ भन्न थालियो।
यिनै ईश्वर विरोधी सिद्धान्तलाई देखेर डार्विनमाथि ईश्वरको अस्तित्व मेटाउने कोसिस गरेको आरोप लागिरह्यो। उनको जीवनमाथि बनेको फिल्म ‘क्रिएसन’ (२००९) मा ओरिजिन अफ स्पिसिजको प्रकाशनसँग जोडिएको कुराकानीमा थमर हेनरी हक्सले डार्विनसँग भनेका छन्- ‘यसपछि ईश्वरले एक सातामा नै सबै जीवहरूको निर्माण गरेको दाबा हुन सक्दैन, तपाईंले इश्वरको हत्या गरिदिनु भएको छ श्रीमान्।’
डार्विनभन्दा अघि
चार्ल्स डार्विन त्यस्ता पहिलो वैज्ञानिक थिएनन्, जसको सिद्धान्त इसाई धर्मविरुद्ध थियो। उनीभन्दा पहिले निकोलय कोपरनिकस, जियोर्डानो ब्रुनो र ग्यालिलियो ग्यालिली जस्ता विचारक र वैज्ञानिकहरू पनि आफ्नो समयमा चर्चसँग आमने–सामने भइसकेका थिए। त्यसको परिणामस्वरुप उनीहरूले सजाय पनि भोग्नु परेको थियो।
कोपरनिकसले आफ्नो सिद्धान्तको प्रतिपादन जीवनको अन्तिम समयमा गरेका थिए। जस कारण उनी धर्मगुरुहरूको आपत्तिको सिकार हुनबाट त बचे, तर ब्रुने र ग्यालिलियोले ईश्वरीय मान्यताको खण्डन गरेको आरोपमा चर्चले कडा सजाय दिएको थियो। धर्मगुरुहरूले ग्यालिलियोलाई आजीवन कारावासको सजाय सुनाएका थिए। ब्रुनोलाई खुलेआम जिउँदै जलाइएको थियो।
सन् १८५९ जुन २५ मा डार्विनलाई पठाइएको एक पत्रले भने उनलाई एक पटक फेरि यो पुस्तकबारे सोच्न बाध्य बनायो। यो पत्र अल्फ्रेड रसेल वालेस नामक व्यक्तिको थियो, जो डार्विनका प्रशंशक थिए र उनले जस्तै विकासबादको सिद्धान्तमाथि काम गरिरहेका थए। डार्विनलाई लेखेको पत्रमा वालेसले आफ्नो शोधको प्रकाशनको विषयमा सोधेका थिए।
सायद, यही कारण थियो डार्विनले आफ्नो पहिलो समुन्द्री यात्राको अनुभवमाथि आधारित पुस्तक ‘द बोयेज अफ बिगल’को प्रकाशन सन् १८३९ मा गरेका थिए। तर, आफ्नो शोधको २० वर्षपछि पनि उनी प्राणीहरूको विकासवादसँग जोडिएको किताबको प्रकाशन गर्ने हिम्मत जुटाउन सकेनन्। उनको यस किताबलाई प्रकाशन नगर्नुको एउटा मुख्य कारण उनकी श्रीमती एमा डार्विन पनि भएको बताइन्छ। भनिन्छ, सरल स्वभावकी एमाको चर्चमाथि अटुट विश्वास थियो र डार्विन आफ्नी श्रीमतीलाई धर्ममाथि कुठाराघात गर्ने कुनै पनि पुस्तक छापेर दुःखी बनाउन चाहँदैन थिए।
सन् १८५९ जुन २५ मा डार्विनलाई पठाइएको एक पत्रले भने उनलाई एक पटक फेरि यो पुस्तकबारे सोच्न बाध्य बनायो। यो पत्र अल्फ्रेड रसेल वालेस नामक व्यक्तिको थियो, जो डार्विनका प्रशंशक थिए र उनले जस्तै विकासवादको सिद्धान्तमाथि काम गरिरहेका थए। डार्विनलाई लेखेको पत्रमा वालेसले आफ्नो शोधको प्रकाशनको विषयमा सोधेका थिए।
यो पत्रले आफ्नो शोध समयमा नै मानिसहरूको सामुन्ने नपुर्याएमा वालेसले पूरा कामको श्रेय लिने डर उनमा उत्पन्न भयो। तत्काल डार्विनले वालेको नाम आफ्नो शोधसँग जोड्दै आफ्नो प्रकाशनको घोषणा गरिदिए। यसपछि सन् १८५९ नोभेम्बरमा ऐतिहासिक पुस्तक ‘अन द ओरिजिन अफ स्पिसिज : बाइ मिन्स अफ नेचुरल सेलेसक्सन’को प्रकाशन भयो। यो पुस्तकलाई जीव विकाससँग जोडिएको विज्ञानमा एक आधारशीला मानिन्छ।
किताबको प्रकाशन त भयो, तर चारैतिर डार्विनको चर्को विरोध भयो। आफ्नो विरोधका कारण डार्विन यति धेरै आहत भएका थिए कि यसबारे एक पटक भनेका थिए, ‘यो कुनै नर्क जस्तो छ।’ त्यस बखत चर्चसँगै मिडियाले पनि यो पुस्तकका कारण डार्विनको आलोचना गरिरहेका थिए।
भनिन्छ, मानिस बाँदरको वंशज भएको थाहा पाएपछि अमेरिका र युरोपका कैयौ मानिसहरूलाई पूर्ण रुपमा हल्लाइदियो। यसैको परिणाम स्वरुप पुस्तकको प्रकाशनपछि अमेरिका र युरोपका स्कुल कलेजमा डार्विनको सिद्धान्त पढाउन प्रतिबन्ध लगाइएको थियो। डार्विनको सिद्धान्त पढाउँदा जीव विज्ञानका एक अध्यापकमाथि अमेरिकाको एउटा अदालतमा आधुनिक दुनियाँको सबैभन्दा चर्चितमध्येको मुद्दा चलाइएको थियो, जसलाई ‘मंकी ट्रायल’ नामले जानिन्छ।
हिन्दू मान्यतासँगको सम्बन्ध
जहिले पाश्चात्य संस्कृति र सभ्यताले डार्विनलाई पूर्ण रुपमा खारेज गरिरहेको थियो, त्यही बेला पूर्वमा हिन्दू धर्म आफ्नो ब्रह्माण्डमा डार्विनको सिद्धान्तसँग मेल खाने कैयौँ कथनहरूको चर्चा भइरहेको थियो। हिन्दू पौराणिक मान्यताहरूमा भगवान विष्णुका १० अवतारको कुरा गरिएको छ। मत्स्य पुराणमा लेखिएको छ–
मत्स्यःः कुर्मो बराहश्च नरसिंहोक्थ वामनः
रामो रमश्च कृष्णश्च बुद्धः कल्किच ते दश।।
तुलना गर्दा यी विषयमा डार्विनको विकासवादको सिद्धान्तको कैयौँ चरणसँग हुबहु मेल खान पुग्थे। क्रमशः व्याख्या गर्दा–
मत्स्य : भगवान विष्णुको पहिलो अवतार मत्स्य अर्थात माछाको रुपमा लिइएको थियो। डार्विनले पनि सर्वप्रथम जलचर नै अस्तित्वमा आएको मान्थे।
कुर्म : भगवान विष्णुको दोस्रो अवतार कुर्म अर्थात कछुवा थियो, जुन अभयचर जीव थियो। विकासवादको सिद्धान्तमा डार्विनले पनि जीवन जलदेखि धर्तीतर्फ गएको बताएका छन्।
वराह : तेस्रो अवतारमा भगवान विष्णु वराहको रुपमा अवतरित भएका थिए। डार्विन पनि अभयचरहरूपछि धर्तीमा दौडने जीव विकास भएको मान्थे।
नरसिंह : भगवान विष्णुको यो अवतार डार्विनको त्यो चरणलाई पुष्टि गर्छ, जसमा मानिसको उत्पत्ति जनावरहरूमार्फत भएको र यसको पहिलो चरणमा अर्ध्दमानव पैदा भएको बताउँछ।
वामन : भगवान विष्णु यो अवतारमा पैदा हुँदा बौनाको रुपमा प्रकट भएको मानिन्छ। डार्विनले पनि मानिसहरू पहिलो पटक अविकसित मानव अस्तित्वमा आएको मान्थे। यस्ता मानवहरूलाई पश्चिममा ‘होबिट’ नामले पनि चिनिन्छ।
परशुराम : यो अवतारमा भगवान विष्णु दूरदर्शी परशुरामको रुपमा जन्म लिन्छन्। विकासवादका अनुसार यो त्यो समय हो, जब मानिसहरू हतियार र औजारहरूको उपयोग गर्न थालेका थिए।
राम : भगवान विष्णुको यो अवतारको रुपमा विकासवादको त्यो क्रम आउँछ, जब मनुष्य सामाजिक बन्धनहरूमा बाँधिन थालेका थिए।
कृष्ण : यो अवतारमा भगवान विष्णु समाजको राजनीति र प्रबन्धनहरू सिकाउँछन्।
बुद्ध : भगवान विष्णुको त्यो रुप हो, जसमा उनले ज्ञानद्वारा अन्तिम सत्यको खोजी गरेका थिए।
कल्की : यो अन्तिम अवतारमा भगवान विष्णु अआनुवंशिक रुपमा अति विकसित मानवको रुपमा जन्म लिने विश्वास गरिन्छ।
हिन्दू संस्कृति र डार्विनको विकासवादको आफ्नो समानताबारे स्वामी विवेकानन्ददेखि भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूसम्मका कैयौँ चर्चित हस्तीहरूले कुरा गरेका छन्। भनिन्छ, स्वामी विवेकानन्दले कैयौँ पटक आफ्ना अनुयायीहरूसँगको कुराकानीका क्रममा ‘अस्तित्वको लागि संघर्ष, प्रकृतिद्वारा चयन र सर्वोत्तम’ जस्ता सिद्धान्तलाई सही मानेका थिए। डार्विनको विकासवादको संख्ययोग र पतञ्जलीको योग दर्शकसँग जोड्दै उनले पश्चिमी विद्वानहरूद्वारा गरिएका शोधहरू हाम्रोमा शताब्दीअघि नै अतित्वमा भएको बताएका थिए।
विवेकानन्दबाहेक पण्डित जवाहरलाल नेहरूले पनि यो विषयमा आफ्नो पुस्तक ‘डिस्कबरी अफ इण्डिया’मा उल्लेख गरेका छन्। उनको शब्दमा ‘हाम्रो पुराण हजारौँ–लाखौं वर्षको कुरा गर्छन्। हामी आधुनिक भू–गर्भशास्त्रमा बताइएको लामो कालचक्र वा ताराहरूको दूरीको कुराले कोही आश्चर्य हुँदैन। यही कारण डार्विन या त्यो जस्तै अर्को सिद्धान्तको हाम्रोमा कुनै विरोध भएन, जस्तो युरोपमा भएको थियो। युरोपमा मानिसको दिमाग जुन समयचक्रमाथि आधारित छ, त्यो केही हजार वर्षभन्दा धेरै सोच्न सक्दैन।’
यसको अर्थ डार्विन हिन्दुवादी थिए भन्ने कुनै पनि हालतमा होइन। तर, हिन्दू मान्यताहरूसँग डार्विनको सिद्धान्तको यति धेरै समानता कुनै संयोग मात्र पनि हुन सक्दैन। डार्विनले आफ्नो आत्मकथाको एक अंशमा भनेअनुसार उनले बिगलको आफ्नो यात्राको सुरुवातमा (वा त्यसअघि) नै हिन्दू धर्मसँग जोडिएका साहित्यको गहिराईमा अध्ययन गरेका थिए। यो त्यति बेलाको कुरा हो, जब उनी वनस्पति र पन्छीहरूसँग जाडिएको आफ्नो शोध र सोख पूरा गर्न समुन्द्री यात्राहरूमा जाने गर्थे। सायद त्यति बेलासम्म उनले विकासवादको सिद्धान्तमाथि काम गर्ने बारेमा सोचेका पनि थिएनन्।
के त्यसो भए हिन्दू पुराणहरूको अध्ययनपछि नै डार्विनको दिमागमा विकासवादको अवधारणा जन्म भएको थियो भन्न सकिन्छ? यो प्रश्नको जवाफ केबल उनले नै दिन सक्छन्, अरु कसैले सक्दैनन्। डार्विन आफैले नै आफ्नो जीवनीमा लेखेका छन्- ‘बिगलको यात्रा (१८३६ देखि १८३९सम्म) को क्रममा मलाई ‘ओल्ड टेस्टामेन्ट्स’ (जसमा इसाई धर्मको पुरानो सिद्धान्त, नियम र पौराणिक कथनहरूको कुरा गरिएको छ) माथि हिन्दूहरूको धार्मिक किताबभन्दा धेरै भरोसा गर्न सकिँदैन भन्ने लाग्न थालेको थियो।’
(सत्याग्रहमा छापिएको लेखको भावानुवाद)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।