काठमाडौं – मनाङमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका छन् ।
मनाङका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार, एमाले र राप्रपाका उम्मेदवारले नाम फिर्ता लिन निवेदन दिएका हुन् ।
एमालेबाट पोल्देन छोपाङ गुरुङ र राप्रपाबाट कुविरसिंह गुरुङले उम्मेदवार दर्ता गरेका थिए । दुवै जना उम्मेदवार नहुने भएका छन् । मनाङमा पाँच जनाको उम्मेवारी परेको थियो ।
रास्वपाबाट उम्मेदवारको टिकट लिएका व्यक्ति तोकिएको समय भन्दा ढिलो गरी निर्वाचन अधिकृतका कार्यालय पुग्दा उनी उम्मेदवार हुन पाएका थिएनन् ।
एमालेले नेपाली कांग्रेसका उम्मेदवार टेकबहादुर गुरुङलाई सघाउने गरी उम्मेदवारी फिर्ता लिएको स्रोतले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।