काठमाडौं– देशभर ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।
शुक्रबार निर्वाचन आयोगले पत्रकार सम्मेलनमा गर्दै यसबारे जानकारी दिएको हो । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन्।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ३ हजार ४८७ उम्मेदवारले मनोनयन गराएका थिए ।
‘देशभर जम्मा ४९ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जानकारी आयोगमा छ,’ शुक्रबार आयोगले आयोजना गरेको पत्ररका सम्मेलनमा उनले भने ।
त्यस्तै, ५ जनाविरुद्ध दाबी विरोध परेको थियो । जसमा १ जनाको मात्रै खारेज भएको र अन्य ४ जनाको यथावत रहेको पनि उनले जानकारी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।