काठमाडौँ – नेपाली कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर निर्वाचनमा होमिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर फागुन २१ गतेको निर्वाचनमा जाने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए ।
उपसभापति शर्माले गगनले परिवर्तित समय र स्वरलाई ‘डाइनामिक ढंगले’ नेतृत्व गर्नसक्ने विश्वास समेत व्यक्त गरेको जानकारी गराए ।
‘जुझारु बिद्रोही छवि मात्रै होइन, प्रतिकुल समयमा संयम राखेर विषयवस्तुलाई परिपक्व ढंगले हल गर्नसक्ने क्षमता पनि छ गगन थापासँग,’ विश्वप्रकाशले भनेका छन्, ‘उत्तेजना र आवेगको राजनीति न त सुसंस्कृत हो न दिर्घजिवी ।’
संयम भाव र सौम्य प्रवृत्तिलाई अघि लगाउनुपर्ने सामर्थथ्य गगन थापासँग रहेको पनि उनको भनाइ छ ।
‘यो समग्र अठोटको बलियो कमान्ड प्रधानमन्त्रीका रुपमा हाम्रो सभापतिबाट हुनसक्छ भन्नेमा हामी दृढ ढंगले प्रष्ट छौं,’ शर्माले बैठकका निर्णय सुनाउँदै भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।