काठमाडौं– नेकपा माओवादी केन्द्र मेलम्ची नगरको अध्यक्षमा गोपाल नेपाल चयन भएका छन्। शनिबार सम्पन्न प्रथम नगर सम्मेलनबाट नेपालको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी गठन भएको हो।
नगरको उपाध्यक्षमा सिपी दुलाल, शिवराम दंगाल र कृष्ण जङ तामाङ चयन भएका छन्। त्यसैगरी, नगरको सचिवमा दिनेश गिरी, सहसचिवमा गीता ढकाल, कोषाध्यक्षमा सुदर्शन सापकोटा चयन भएका छन्।
सम्मेलनको माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले उद्घाटन गरेका थिए। सो अवसरिमा दुलालले माओवादी केन्द्र अन्य पार्टीभन्दा फरक पहिचान बोकेको पार्टी भएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।