काठमाडौं– आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोटअन्तर्गत नेपाली महिला क्रिकेट टोलीले आज (आइतबार) आयोजक यूएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ।
नेपाल र यूएईबीचको खेल दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा बिहान ११ः१५ बजे सुरु हुनेछ ।
ग्लोबल छनोटको सम्भावना कायमै राख्न नेपालले यूएईविरुद्धको खेल निर्णायक हुनेछ। किनकि,ग् लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुदैन नेट रनरेटमा समेत भर पर्नुपर्ने हुन्छ।
प्रतियोगिता सहभागी ६ टिममध्ये एक टिममात्र ग्लोबल छनोटमा पुग्नेछ।प्रतियोगिताको चार खेल जितेको यूएई ८ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ।
समान चारमध्ये तीन–तीन खेल जितेका नेपाल र हङकङको समान ६ अंक छ। नेट रनरेटमा भने नेपाल अगाडि छ। हङकङले पनि अन्तिम खेल आइतबार नै कुवेत विरुद्ध खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।