काठमाडौ- गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेस बलियो भएमा मात्र नेपालमा लोकतन्त्र सुदृढ भइ संविधान कार्यान्वयनमा सहज हुने बताएका छन्।
नेपाली कांग्रेस रुपन्देही जिल्ला अधिवेशन घोषणासभालाई आज भैरहवामा सम्बोधन गर्दै उनले कांग्रेसको नेतृत्वमा मात्रै मुलुकमा विधिको शासन अवलम्बन हुने उल्लेख गरे।
गृहमन्त्री खाणले भने, 'नेपाली कांग्रेस कमजोर भएमा जनता मात्र होइन, लोकतान्त्रिक मूल्य मान्यता, संविधान र जनताको मौलिक अधिकार कमजोर हुन्छ।'
जनता र संविधान सवल तुल्याउन, शान्ति सुरक्षा कामय गर्न तथा मुलुकलाई समृद्धि र विकासतर्फ लैजान कांग्रेसलाई बलियो तुलाउन आवश्यक रहेको बताउँदै उनले पार्टीलाई एक ढिक्का तुल्याउन अधिवेशनमार्फत रुपन्देहीले नयाँ आयम, सन्देश र नमूना प्रस्तुत गरेको भनी प्रशंसा गरे।
नवनिर्वाचित सभापति रामकृष्ण खाणले निर्वाचित सदस्यलाई पार्टीलाई गतिशील साझा तथा कार्यकर्तालाई उत्साहित तुल्याएर आगामी निर्वाचनमा कांग्रेसलाई विजयी बनाउने मुख्य दायित्व लिएर काम गर्न नेता तथा कार्यकर्तालाई आग्रह गरे। सो अवसरमा सहभागी अन्य वक्ताले राजनीतिकका कारण मात्र होइन विविध हिसाबले रुपन्देहीले सम्भावना बोकेकाले नवनिर्वाचित क्षेत्रीय, नगर र पालिका सभापति एक ढिक्का भएर पार्टी हितका लागि अघि बढ्न सुझाव दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।