काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतले नेपाली भूमि फिर्ता नगरेसम्म नेपाल ठगिएकै अवस्थामा रहने बताएका छन्।
नक्सामा नेपालको भूमि फिर्ता आएपनि भूमि फिर्ता नपाउँदा समेत ठगिएको महसुस भइरहने उनले बताए।
एमालेको १० औं महाधिवेशनको उद्धघाटन सत्रमा बोल्ने क्रममा ओलीले भने, ‘साना वा ठूला राष्ट्रसँग समानताको आधार खोज्छौं।’ जमिन फिर्ता संवादको मार्फत लिने उनले बताए।
छिमेकीसँग कतिपय विषय छलफलबाट टुंगाउनु पर्ने अवस्था रहेको उनको धारणा छ। विदेशी मूलुकसँग एमाले ‘छैन कोही शत्रु, सबै मित्र’ मान्यता राखेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।