फाइल तस्बिर
काठमाडौं- आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले चौथो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको छ।
शुक्रबार भएको खेलमा मलेसियाले दिएको ९३ रनको लक्ष्य नेपालले १८.२ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो।
नेपालको यो लगातार तेस्रो जित हो। जितसँगै नेपालले ग्लोबल छनोटको सम्भावना कायमै राखेको छ।
नेपालको जितमा सीता राना मगरले सर्वाधिक ३० रनको योगदान गरिन्। यता, कप्तान रुविना क्षेत्रीले २०, सरिता मगरले १५ र कविता कुँवरले १० रन जोडिन्। इन्दु वर्मा ४ रनमा आउट भएकी थिइन्।
यसअघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रन जोड्यो।
मलेसियाका लागि इल्सा हन्टरले सर्वाधिक ३९ रन जोडिन्।
यता, मास इलिएसाले १४, युसरिना याकोपले १२ रनमा आउट भइन्।
नेपालका लागि सवनम राईले सर्वाधिक दुई विकेट लिइन्। कप्तान रुविना क्षेत्री, सीता राना मगर र कविता कुँवर एक-एक विकेट हात पारे।
जितसँगै नेपालले ६ अंक जोडेको छ। आयोजक यूएईले पनि लगातार तीन खेल जित्दै ६ अंक जोडेको छ।
यूएई नेट रनरेटको आधारमा दोस्रो स्थानमा छ। नेपालको नेट रनरेट २.०८८ र यूएईको १.४६७ छ। यूएईले आज कुवेतसँग खेल्दै छ।
हङकङले दुई खेल जित्दै चार अंक बनाएको छ।
भुटानले तीनमध्ये एक खेल जित्दा कुवेतले भने तीनवटै खेलमा पराजय भोगेको छ।
अब नेपालले आइतबार यूएईविरुद्ध खेल्नेछ। छनोटमा ६ टिम सहभागी छन्। छनोटको विजेता टिमले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।